सुरुवात मात्र हुन्छ, निरन्तरता पाउँदैन
सुरुवात धेरै कुराको भएको छ, तर त्यसले निरन्तरता नपाएको धेरै उदाहरण हामी सामु जगजाहेरै छ ।
यसको एउटा ज्वलन्त उदाहरण प्रहरी कार्यालयभित्रै छ ।
जिल्ला प्रहरी कार्यालय गोरखामा २०७१ सालमा पुस्तकालय स्थापना भयो । तर अहिले त्यो पुस्तकालय बाँदरको हातमा नरिबल भएको छ ।
अर्थात पुस्तकालय सञ्चालनमा छैन ।
पुस्तकालयभित्र अहिले प्रहरी नायब उपरीक्षकको कार्यकक्ष सञ्चालित छ ।
पुस्तकालय नचल्नुको बारे प्रहरीसँग पक्कै पनि रेडिमेड जवाफ हुनसक्छ, नयाँ भवन बनाउन लागेकाले अहिले पुस्तकालय सञ्चालन गर्न भवन अभाव भयो । त्यसैले पुस्तकालय सञ्चालन हुन सकेन ।
यसको पनि रेडिमेड प्रतिजवाफ छ, ‘त्यसो होइन । ७१ सालमा निर्माण भएको पुस्तकालय ७२ सालदेखि नै सञ्चालन हुन छाडेको थियो ।’
२०६९÷०७० साल ताका पनि प्रहरीमा धेरै नयाँ कामको सुरुवात भयो । फुटपाथमा पसल राख्न नपाउने, फुटपाथ छोपिने गरी टूष्ट पनि राख्न नपाउने, आँगनबाट भ¥याङ वा अण्डरग्राउण्ड पनि बनाउन नपाइने नियम बन्यो ।
त्यसले पनि निरन्तरता पाएन ।
बेलाबेलामा रचनात्मक कार्यको थालनी गर्ने प्रहरी प्रमुखहरुको आगमन हुन्छ । सिर्जनात्मक कार्य गर्ने, रचनात्मक कामको सुरुवात गर्छन्, तर जब कार्यालय प्रमुख परिबर्तन हुन्छन्, तब पुरानो बिरासतलाई चटक्कै बिर्सेर कसैले नयाँ कामको सुरुवात गर्छन्, कसैले पुरानो कामलाई पनि निरन्तरता दिदैनन्, नयाँ सुरुवात पनि गर्दैनन् ।
जिल्ला प्रहरी कार्यालयमा अहिले फेरि नयाँ कामको सुरुवात भएको छ । गेटमै सेवाग्राहीको काम गरिदिने हेल्पडेस्कको स्थापना भएको छ । यसले पनि निरन्तरता पाउँछ कि पाउँदैन, हेर्ने बिषय बनेको छ । राम्रा कामले निरन्तरता पाउन् ।




