| सोमवार, कार्तिक २३, २०८३

खतरनाक मौसम, सावधानीको खाँचो

अहिले देशभरको मौसम ज्यादै खतरनाक देखिएको छ । लामो समयदेखि पानी नपरेको तथा देशभर डँडेलो लागेका कारण मौसम हानीकारक बन्दै गएको छ ।
प्राण धान्नका लागि फेरिने सास नै अस्वस्थ छ ।

यसले धेरैलाई बिरामी बनाउने निश्चित छ । प्रदुषित हावाका कारण सास फेर्न उकुशमुकुशको अबस्था सिर्जना हुनसक्ने देखिएको छ । त्यस्तै विषाक्त वायुमण्डलका कारण आममा आँखा पोल्ने समस्या देखिएको छ ।
यो परिवेश उत्पन्न हुनुमा प्राकृतिक भन्दा मानव निर्मित कारण धेरै छ ।

पानी पार्न नसक्नुमा प्राकृतिक कारण हुनसक्छ तर जताततै डँडेलो लगाउनु मान्छेको दुश्कर्म हो । त्यसैले मानव तथा अन्य जीवको जीवन रक्षाका लागि अब डँडेलो लगाउन बिल्कुलै छाड्नु पर्छ । कतै डँडेलो लागेको भए निभाउनु पर्छ ।
वायुमण्डलाई स्वच्छ, सफा बनाउने पहल गर्नुपर्छ ।
खाना, पानी भन्दा पनि पहिले जीवनका लागि चाहिने प्राण अर्थात हावा हो ।

प्राण नै प्रदुषित भएपछि जो कोहीले सकुशल रहने प्रयास गर्नु मुर्खता शिवाय केही होइन । त्यसैले यतिबेला सकेसम्म बाहिर धेरै ननिस्कौँ । निस्कनै परे मास्क लगाएर निस्कौँ ।
मास्कले धुलो छेक्ला, अन्य फोहर छेक्ला तर अक्सिजनभित्रै प्रदुषित छ भने सुरक्षित रहने प्रयास व्यर्थ हुन्छ ।

त्यसैले प्रदुषित भइसकेपछि स्वस्थ रहने तरिका भन्दा प्रदुषित हुनै नदिने प्रयास हामी जोकोहीले आफ्नै ठाउँबाट सुरु गरौँ ।
दोष अरुलाई मात्र नदिऔँ । वातावरण स्वच्छ बनाउन अपनाउनु पर्ने सबै उपायहरु आ–आफ्नै ठाउँबाट अपनाऔँ ।

प्रतिक्रिया दिनुहोस्