| सोमवार, कार्तिक २३, २०८३

सावधानी अपनाऔँ, त्रास नबढाऔँ

नौ महिनाको लामो कोरोना कहर काटेर बल्लतल्ल टाउको उठाउन थालेका नेपालीलाई फेरि कोरोनाको दोस्रो लहरले तर्साउन थालेको छ ।विशेषगरी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उल्लेख्य बढ्न थालेपछि यहाँ पनि त्रास बढेको हो

कोरोना, कोभिड संगैसंगै अर्को शव्दावली पनि आउने गर्छ, ‘लकडाउन’ । कोरोनाले शारीरिक बिरामी बनाउँछ, लकडाउनले मानसिक बिरामी बनाउँछ ।
लकडाउनले गर्दा व्यापार, विजनेश ठप्प हुनेछ, तर वैँकको किस्ता तिरिरहनु पर्नेेछ । पसल खोल्न पाइनेछैन तर भाडा पनि तिरिरहनु पर्नेछ । कम्पनी खुल्ने छैन तर कामदारलाई पारिश्रमिक दिइरहनु पर्नेछ ।

यस्तो भएपछि मान्छेमा मानसिक विरामी हुनु स्वभाविकै हो । काम गर्न नपाउने, व्यापार गर्न नपाउने, लिन नपाउने तर तिरिरहनु पर्ने भएपछि मानसिक बिरामी हुन अस्वभाविक भएन ।
कोभिडबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा बचेकाहरुले चाल पाइसकेका छन् । अब त्यही सीपलाई अझै सुदृढ गर्दै बच्ने सीपको विकास गर्नुपर्छ ।

तर डराउनु हुदैन । कतिपय मान्छे कोभिडले नछोए पनि मानसिक त्रासले मरेको घटना पनि सुन्नु प¥यो । कतिपय मान्छे यस्तै डरत्रासले दीर्घरोगी भएर बसेका घटना पनि सुनिएको थियो ।
त्यसैले अब बिगतबाट पाठ सिकेर डरत्रास नलिई, अरुलाई पनि डरत्रास नफैलाई सजग र सचेत हुनुपर्छ ।
त्यस्तै केही विधि, प्रविधि अपनाउनु पनि पर्नेछ । सामाजिक दुरीमा रहने, मास्कको निरन्तर प्रयोग गर्ने, साबुन पानी तथा सेनिटाइजरले हात सफा गरिरहने र सित्तिमिति नाक मुखमा हात नलैजाने गरेमा हत्तपत्त कोभिडले छुँदैन ।
स्वच्छ रहौँ, स्वस्थ रहौँ ।

प्रतिक्रिया दिनुहोस्