| सोमवार, कार्तिक २३, २०८३

कोरोनाको खोप सबै सर्वसाधारणमा पुगोस्

सरकारले कोभिड १९, कोरोना महामारीको खोप अभियानको दोस्रो चरण सुरु गरेको छ । यसले आम नागरिकमा रहेको कोरोना महामारीप्रतिको त्रास न्यूनिकरणमा ठूलो मद्दत पुगेको छ । अभियान सञ्चालन भएको खबर मात्रले पनि आममा मनोवैज्ञानिक प्रभाव परेको छ ।
मनोवैज्ञानिक प्रभाव मात्रले पनि रोगसँग जुध्ने शक्ति पैदा गर्ने कुरा त वैज्ञानिक सिद्ध नै छ ।

अहिले सरकारले ६५ बर्ष काटेका वृद्धवृद्धालाई खोप लगाउन सुरु गरेको छ । जुन मुलुकको आन्तरिक सामथ्र्यअनुरुप हो । अब सामथ्र्य अभिवृद्धि गरी, अरु शीर्षकका खर्च कटौती गरेर पनि कोभिड १९ को खोप अभियान सञ्चालनमा खर्च बढाउनु पर्छ ।
कोभिडले गतबर्ष २०२० लाई आक्रान्त बनायो ।

नेपाललाई मात्र होइन, यसले विश्वलाई आक्रान्त बनाएको छ । एकबर्षसम्म ठप्प रहेको विश्वको अर्थतन्त्र अझै उठ्न सकेको छैन । अहिले कोभिड फैलावटमा केही मन्दी देखिएपनि निमान भइरहेको छैन । त्यसैले पनि अर्थतन्त्र अहिल्यै उठ्ला भनेर अपेक्षा पनि कसैमा छैन, तैपनि जनजीवन सुचारु छ । यसले केही समयमा जनजीवनले गति लेला भन्ने अपेक्षाचाहिँ अबश्य छ ।
यसका लागि विश्वव्यापी रुपमा खोप अभियानलाई तिब्रता दिनु जरुरी छ ।

कतै खोप अभियान तिब्र हुने, कतै नहुने हुँदा पनि कोभिड पूणर् रुपमा नियन्त्रण हुनेछैन । किनकि, यो सरुवा रोग हो, कतै बाँकी रहेको बिऊ जाग्नेछ, र फेरि जताततै छोप्ने त्रास बाँकी रहनेछ ।
त्यसैले विकसित मुलुकले विकासशील, विकासोन्मुख, अल्पविकसित तथा अविकसित मुलुकलाई सहयोग गरी कोभिड नियन्त्रण अभियानमा सघाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्