| सोमवार, कार्तिक २३, २०८३

भीमसेनथापा गाउँपालिकाको रिङरोड निर्माण कार्यक्रम प्रशंसनीय

विकासको पूर्वाधारमध्य सबैभन्दा महत्वपूणर् पूर्वाधार सडक हो । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सूचना, सञ्चारका पनि आ(आफ्नै महत्व छन् । तैपनि तिनीहरुमध्य अहिलेसम्मको सन्दर्भमा सडकलाई नै महत्व दिएको देखिन्छ ।


यही सर्वस्वीकार्य तथ्यलाई हृदयङ्गम गरी भीमसेन थापा गाउँपालिकाले बिगत बर्षदेखि नै सडक निर्माण तथा स्तरोन्नतिको कार्यलाई तिब्रता दिएको छ ।
सो गाउँपालिकाले गोरखामा नै पहिलो पटक सबै वडा जोड्ने गरी रिङरोड निर्माण गर्ने अवधारणा अघि सारेको छ । बिगत गाउँसभाले पारित गरी सो गाउँपालिकाले रिङरोड निर्माणको काम पनि सुरु गरिसकेको जनाएको छ ।


वडा नम्बर ६ को अश्राङ, ७ को बोर्लाङ, ८ को ऐरिभञ्ज्याङ, ४ को इत्लापोखरी चौतारा मञ्ज्याङ, वडा नम्बर ३ को सिमलाफेदसम्म उक्त सडक जोडिनेछ । वडा नम्बर २, १ र ५ को क्षेत्र भने केही कालोपत्रे भइसकेको छ । बाँकी खण्ड मध्यपहाडी लोकमार्गले निर्माण गरिरहेको छ । केही बनिसकेका र केही बन्न बाँकी सडकलाई निर्माण गरी गाउँपालिकाले रिङरोड बनाउन लागेको हो । सो काम गर्न गाउँपालिकाले चालु आर्थिक बर्षका लागि रात करोड रुपैयाँ बिनियोजन गरेको छ ।
सो सडकले हरेक वडा कार्यालयबाट गाउँपालिका कार्यालयसंग कनेक्सन गर्नेछ । जसबाट हरेक वडा कार्यालयका सेवाग्राहीलाई गाउँपालिका कार्यालय पुग्न पनि सहज, सरल हुने विश्वास गाउँपालिकाको छ ।


कतिपय गाउँपालिकामा आपसी द्वन्द्वले विकास निर्माणको कामहरु अवरुद्ध भइरहेका हुन्छन् । जसले गर्दा विकास निर्माण र सेवा प्रवाह अबरुद्ध भई सर्वसाधारण जनता प्रभावित बन्न पुगेका हुन्छन् । सर्वसाधारण नागरिक प्रत्यक्ष प्रभावित हुने यस्ता कार्यक्रम सफल पार्न सबैको जोडबल आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्