नयाँबर्षदेखि लाप्राकबासी गुप्सीको एकीकृत बस्तीमा बस्न पाउन्
२०७२ सालको भूकम्पले लाप्राकका करिब छसय घरधुरी पूणर् रुपमा क्षतिग्रस्त भएपछि गाउँलेहरु गुप्सीपाखामा त्रिपाल टाँगेर बसे । पुस लागेपछि त्यहाँ भारी हिमपात भयो । मानवीय संकट उत्पन्न हुने देखियो । त्यहाँको दुराबस्थाको बारेमा राष्टिूय अन्तर्राष्टिूय स्तरमा हेडलाइन न्यूज बन्यो ।
क्षतविक्षत भएका त्यहाँका बासिन्दाको मनोबल बढाउन गैरआवासीय नेपाली संघ(एनआरएनए) पुग्यो । एनआरएनएले पाँचसय ७३ घर गुप्सीमा बनाइदिने घोषणा गर्यो । त्यसको वातावरण बनाउन सरकार तयार भयो । जग्गाको भोगाधिकार दिने निणर्य गर्यो । एकीकृत बस्ती विकासका लागि कार्यक्रम बनायो । तत्कालीन एनआरएनएका अध्यक्ष शेष घले, एनआरएनएका सिइओ सुशील ज्ञावली र सहरी विकास मन्त्रालयका सचिव बीच त्यहाँ एकीकृत बस्ती बनाउने सहमतिपत्रमा हस्ताक्षर भयो ।
२०७३ सालको दशैँमा ५७३ वटा घर बनाएर लाभग्राहीलाई साँचो हस्तान्तरण गर्ने त्यतिबेला घोषणा गरेका थिए । स्थानीयमा त्यसले ठूलो आशा जगायो । तर दिन, हप्ता, महिना, बर्ष गुज्रिँदै गयो । अहिलेसम्म पनि कतिपय घरको जगै नखनिएको अबस्था छ ।
जसरी मेलम्चीको पानी खाने सपना देखेका काठमाडौँबासी बूढो भइसके, गुप्सीबस्तीमा बस्ने सपना देखेका बासिन्दाले पनि त्यही नियति भोग्नु पर्ला भन्ने आशंका देखिएको छ ।
केहीदिनअघि मात्र गुप्सीपाखामा सम्पन्न संयुक्त बैठकले आउँदो बैशाख १२ गते सबै घर बनाइसकेर घर हस्तान्तरण गर्ने निणर्य गरेको छ । यसपटकको निणर्य फेरि फितलो नहुने गरी बोल्ड निणर्य बनोस् । पहिरोको त्रासमा रहेका लाप्राकबासीले गुम्सीको सुन्दर बस्तीमा बस्न पाउन् ।




