| सोमवार, कार्तिक २३, २०८३

स्थानीय पाठ्यक्रम बनाउन ढिला नगर्ने कि ?

गोरखाका चार वटा पालिकाले स्थानीय पाठ्यक्रम बनाएका छन् । पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, शहीदलखन गाउँपालिका र धार्चे गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएका हुन् ।


स्थानीय स्तरको पाठ्यक्रम बनाएर पठनपाठन गराउन नेपाल सरकारले स्थानीय सरकारलाई आग्रह गरेको थियो । त्यसयता सबैभन्दा पहिले दुईबर्षअघि गोरखाको धार्चे गाउँपालिकाले कक्षा एकको पाठ्यक्रम बनाएको थियो ।


यो बर्ष पालुङटार नगरपालिका, सिरानचोक र शहीदलखन गाउँपालिकाले पाठ्यक्रम बनाएका हुन् । शहीद लखनले केहीदिनमै सो पाठ्यक्रमअनुसार पठनपाठन सुरु गर्ने जनाएको छ । पालुङटार र सिरानचोकले भने आउँदो नयाँ शैक्षिक सत्रदेखि पाठ्यक्रम लागु गर्ने तयारी गरेका छन् ।
स्थानीय स्तरका प्रसिद्ध धार्मिक स्थल, ऐतिहासिक स्थल, प्राकृतिक स्थल, पुरातात्विक, सांस्कृतिक प्राचीन सम्पदा, राष्टिूय तथा अन्त र्राष्ट्रिय स्तरमा ख्याति कमाएका महत्वपूणर् व्यक्तित्वहरुको बारेमा बालबालिकालाई विस्तृत जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम बनाउने गरिन्छ ।


त्यस्तै स्थानीय स्तरमा उपलब्ध हुने जडिबुटी तथा स्थानीय उत्पादनको महत्व, पर्यटकीय स्थल, प्राकृतिक सम्पदा, आर्थिक अबस्था उकास्ने गतिविधिहरुको बारेमा पनि स्थानीय पाठ्यक्रममा समेटिन्छ । त्यसले गर्दा चौतर्फी फाइदा हुन्छ । एकातिर बालबालिकाहरु स्थानीय स्तरको महत्वपूणर् सम्पदाहरुको बारेमा जानकार हुन्छन् । अर्कातिर बालबालिका ठूलो बनेपछि त्यस्ता सम्पदाहरुको संरक्षण, विकास र प्रचार प्रसारमा जोड दिन्छन् । महत्वपूणर् तर केन्द्रीय स्तरको पाठ्यक्रमले स्थान नदिएका सम्पदाहरुको जगेर्ना गर्न स्थानीय पाठ्यक्रम सहयोगीसिद्ध हुनेछ ।
स्थानीय पाठ्यक्रमको दुर्बल पक्ष छैन, सबल पक्षहरु धेरै छन् त्यसैले सबै पालिकाले स्थानीय पाठ्यक्रम बनाएर लागु गर्न ढिला गर्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्