विद्यालयको अनियमितता छानबिन हुनुपर्छ
गण्डकी गाउँपालिका ७ को ज्ञानमार्ग मावि घ्याल्चोकमा अनियमितता भएको भन्दै अविभाबकले कार्यालय कक्षमा सोमवार तालाबन्दी गरे । यस अघि पनि पटक(पटक स्थानीयले विद्यालयमा भष्टूाचार भएको, शैक्षिक केन्द्रमा परिवारबाद हाबी भएको गुनासो गर्दै आएका थिए । जिम्मेवार सरोकारवाला ब्यक्तिहरुबाटै विद्यालय आफन्तलाई जागिर खुवाउने थलो बनाएको आरोप केही अविभाबकको छ ।
सोमवार अविभाबकहरु सहितको एक टोलीले विद्यालयमा चौतर्फी समस्या उत्पन्न हुँदा समेत विद्यालय ब्यवस्थापन समिति, वडा कार्यालय, प्रधानाध्यापकले बेवास्था गरेको भन्दै तालाबन्दी गरे । विद्यालयको हिसाबकिताब पारदर्शी नभएको, कर्मचारी नियुक्ती गर्दा प्रश्नपत्र परीक्षा अगाबै सार्वजनीक गरेको, आवश्यकता भन्दा फरक दरबन्दीमा नियुक्ती दिएको विषयमा अविभाबकले प्रश्न उठाएका छन् । विद्यालयको डण्डी खरिदमा भष्टूाचार भएको, संस्थाको पैसा ब्यक्तिलाई सापटी दिएको लगायत थुप्रै विषय उठेको छ ।
यी सबाल कुनै एउटा ब्यक्ति विषेशले नभई समुदायका ब्यक्तिहरु जो विद्यालय सँग सरोकार राख्ने अविभाबक छन् उनीहरुले उठाएका छन् । यस्ता प्रश्न उठ्न दिनु हुँदैनथ्यो । अविभाबकले उठाएपछि विद्यालयले तत्काल जवाफ दिन ुपर्छ । न कि प्रश्नबाट भाग्ने, जवाफ नदिने, विद्यालयमा अशान्ति अराजगकता निम्त्याउने तर्फ जानु हुँदैन । विद्यालयले संम्बन्धित विषयको चित्त बुझ्दो जबाफ दिएर ताला तत्काल खोल्नुपर्छ । कोभिड १९ का कारण पढाई प्रभावित भएको विद्यालयमा फेरी तालाबन्दी हुने, अविभाबक आन्दोलिन हुने अवस्था आउँदा विद्यार्थीको पढाई प्रभावित भएको छ ।
यसले शैक्षिक क्षेत्रमा थप ब्यथिती निम्त्याउन सक्छ । यस तर्फ विद्यालय ब्यवस्थापन समिति, वडा कार्यालय, प्रधानाध्यापक सहित शिक्षकहरु र अविभाबक पनि जिम्मेवार बन्नुपर्छ । स्थानीय स्तरबाट समस्या समाधान हुन नसक्ने अवस्था हो भने गाउँपालिका, शिक्षा समन्वय इकाईको पनि ध्यान पुग्नु जरुरी छ ।




