| सोमवार, कार्तिक २३, २०८३

उद्दण्डताले कुनै न कुनै दिन सजायँ भोग्नैपर्छ

२०७२ सालको भूकम्पपछि तत्कालीन राष्ट्रपति इपिसेण्टर अवलोकनका लागि बारपाक जाने तयारी थियो । त्यसको सुरक्षा प्रवन्ध गर्न बारपाक पुगेका सादा पोशाकका प्रहरीले त्यहाँ दिनदहाडै हातहतियारसहित धनबहादुर घले(बाघे) हिडडुल गर्छन् भन्ने सूचना पाए ।

सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिन त्यहाँ पुगेका थप बल प्रहरीलाई बाघेका टोलीले आक्रमण गरे । प्रहरी सवार गाडीमाथि तोडफोड भयो । बाघे भने फरार भए ।
त्यसपछि पनि प्रहरीले उनलाई खोजी गरिरह्यो तर नियन्त्रणमा लिन सकेन । त्यसको असरस्वरुप राष्ट्रपतिको बारपाक भ्रमण कार्यक्रम रद्ध भयो ।

यी विविध विषयमा आएका समाचारमाथि उनका सुरक्षा कवच बनेका युवाहरुले तथानाम गाली गरेका थिए । बाघेलाई देवत्वकरण गरेका थिए ।
बाघेको रवाफ उही गतिमा बढिरहेको थियो ।

उच्छृङ्खल जत्थाले जति देवत्वकरण गरेपनि प्रहरीको रेकर्डमा खोजीको सूची(वाण्टेड)मा रहेको उनको नाम मेटिएको थिएन र कहिल्यै मेटिदैन भन्ने मनन गरे । अन्ततः उनले गत सोमबार आफै प्रहरी सामु गएर आत्मसमर्पण गरे ।
उनको उद्दण्डता बिस्तारै मत्थर हुदै गएको छ । बिगतमा उनको उद्दण्डतालाई हाइहाई गर्नेहरु अहिले के गरिरहेका छन् ?

यो घटनाक्रमले के पाठ सिकाउँछ भने उत्तेजना, उद्दण्डता दीगो हुदैन । कुनै न कुनै मत्थर हुनेछ, त्यसदिन उद्दण्डताको पछि लाग्नेहरुको शीर निहुरिनेछ । त्यसैले कसको प्रसंसा गर्ने, किन प्रसंसा गर्ने भन्ने राम्ररी बिबेचना नगरी हुलहुज्जतको पछि लाग्दा पछुताउनु पर्नेछ ।
असल सँधै असल नै हुन्छ, खराब सँधै खराब नै हुनेछ । यसलाई राम्ररी बुझौँ ।

प्रतिक्रिया दिनुहोस्