हरेक पालिकामा अस्पताल अभियान स्वागतयोग्य
हरेक पालिकामा अस्पताल निर्माण गर्ने वर्तमान सरकारको कदम अत्यन्त स्वागतयोग्य, प्रसंसनीय छ ।
सरकारले चाह्यो भने धेरै काम गर्न सक्दो रहेछ भन्ने मान्यतालाई यसले स्थापित गरेको पनि छ । यसअघि ज्येष्ठ नागरिक, अपांग तथा एकल महिलालाई सामाजिक सुरक्षा भत्ता नबाँडे पनि चलेकै थियो, बाँड्न सुरु भयो, चलिनै रहेको छ । यसले लक्षितबर्ग कुन हदसम्म खुशी छन् भनेर लेखाजोखै गर्न सकिदैन । तत्कालीन एमाले लोकप्रिय भएका धेरै कारणमध्य यो पनि एउटा महत्वपूणर् कारण हो ।
हरेक पालिकामा अस्पताल अभियान पनि अत्यन्तै अपरिहार्य थियो । यसको प्रभावकारिता, महत्व यसको सफलतापछि देखिनेछ । अहिले अस्पताल पुग्न सदरमुकामै पुग्नु पर्ने अबस्था छ । कि आँपपिपल वा काठमाडौं, चितवन, पोखरा पुग्नुपर्ने अबस्था छ ।
यस्तो अबस्थामा यदि हरेक पालिकामा अस्पताल बन्यो, विशेषज्ञ चिकित्सकको ब्यबस्था भयो भने यसले जनसाधारणमा धेरै ठूलो राहत अनुभूत गराउँछ । साविकको गाविस, अहिलेका वडाहरुमा स्वास्थ्यचौकीहरु छन् । ती स्वास्थ्य संस्थाहरुमा अधिकत्तम एचए, स्टार्फ नर्स छन् । नत्र प्राय सिएमए, अनमिकै भरमा ती संस्थाहरु चलिरहेका छन् ।
अब यदि सबै पालिकामा एउटा अस्पताल बन्यो भने गाउँका बिरामी, घाइतेहरुले समयमै उपचार पाउनेछन् । स्वास्थ्य परीक्षण तथा उपचार गर्ने चिकित्सकको अभावमा दुख पाउनु पर्ने वा जीवन त्याग गर्नुपर्ने अबस्था न्यूनिकरण हुनेछ भन्ने विश्वास बढेको छ । पालिका, पालिकामा अस्पताल अभियानप्रति जनअपेक्षा तीब्र छ ।
अब सरकारको काँधमा जनशक्ति पुर्याउनु चुनौतिपूणर् काम छ । किनभने अहिले जिल्ला अस्पतालमा पनि दरबन्दी अनुसारको जनशक्ति छैनन् । नौ जना विशेषज्ञ डाक्टर हुनुपर्ने गोरखा अस्पतालमा अहिले त्यति छैनन् । यो त झन दूर दराजको कुरा भयो । त्यसैले अस्पतालसंगै दक्ष जनशक्ति पनि पठाउने काममा सरकार नचुकोस् ।




