| सोमवार, कार्तिक २३, २०८३

आफैँ सुरक्षित होऔँ

अहिले कोरोनाको जोखिम गोरखामा धेरै बढेको छ । कोभिड १९ को संक्रमण पुष्टि हुने र सँगै समुदायका मानिसमा समेत देखिन थालेपछि सर्वसाधारणमा डर, त्रास पैदा हुनु स्वभाविक हो । तर डराएर होईन सचेत भएर कोरोनाबाट बच्न सकिन्छ ।

सचेत हुने भनेको आफ्नो बानी ब्यवाहार, सरसफाई, खानपान, स्वास्थ्यमा विषेश ध्यान दिनु हो । सबैभन्दा महत्वपूणर् त संक्रमणको जोखिमबाट बच्न घरैमा बस्नु राम्रो हो । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनु, निस्कनु परेमा मास्क, सेनिटाईजर प्रयोग गर्नु, भौतिक दुरी कायम राख्नु कोभिड १९ बाट जोगिने प्रमुख उपाय हुन् । यी बानी ब्यवाहारलाई हरेक क्षण आफ्नो दैनिक जिबनमा लागु गर्न सक्ने हो भने कोभिड १९ बाट बच्न सकिन्छ ।

कोभिड १९ संक्रमण पुष्टि भएकाहरु नियमित शारीरिक अभ्यासमा सक्रिय छन् । कतिपयलाई समान्य लक्षण पनि देखिएको छैन । खानपानमा ध्यान दिएका छन् । बानी ब्यवाहार सुधारेका छन् । यी सबै कारणले कोरोना जितेर फर्कनेहरु धेरै छन् । संक्रमण पुष्टि भईसकेका तर कोरोना जितेकाहरुको यो बानी ब्यवाहार र उनीहरुले आइशोलेसन बस्दा, क्वारेन्टिन रहँदा पालना गरेका स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्नमा सबै सचेत हुनुपर्छ । कोरोना कहिले कसलाई कसरी लाग्छ भन्ने यकिन अहिले सम्म भएको छैन, त्यसलै यसबाट जोगिन स्वंयम ब्यक्ति आफैँ सचेत हुनुको बिकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्