रातो प्लेटको बोलेरोभरि भाडाका यात्रु
कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहे पनि गोरखामा सोमबारदेखि निषेधाज्ञा अन्त्य गरिएको छ । जनजीवनमा नकारात्मक प्रभाव पर्न थालेपछि निषेधाज्ञा हटाएर आर्थिक, सामाजिक गतिविधि सुचारु गरिएको हो ।
निषेधाज्ञा अन्त्यको घोषणालाई ५० प्रतिशतले राम्रो निणर्यको रुपमा लिएका छन्, बाँकी ५० प्रतिशतले गलत निणर्य भनेर आलोचना गरेका छन् ।
कोरोनाका कारण निषेधाज्ञा लम्ब्याइरहँदा जनजीवन कष्टकर हुने र अन्य डरलाग्दा समस्या उत्पन्न हुने भएको तर्कसहित निषेधाज्ञा खुलाइएको हो । खुल्ला गरिरहँदा पनि संक्रमण फैलिएको ठाउँलाई सील गरिएको छ । जसका कारण अन्यत्र यो फिँजिन नपाओस् । त्यसका साथै जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको छ ।
कोचाकोच यात्रु ओसार्ने सार्वजनिक सवारी साधन चल्नका लागि पनि बन्देज गरिएको छ ।
निणर्य गरेजस्तै कार्यान्वयन पक्ष पनि सबल भएमा राम्रै हुनेछ तर व्यवहारमा कार्यान्वयन पक्ष कमजोर हुने गरेको छ । सोमबार निषेधाज्ञा खुलेको पहिलो दिनको गतिविधि हेर्दा कालोप्लेटका सवारी साधन चलेको देखिएन तर कालो प्लेट नचल्दैमा यात्रु ओसारिएन त ?
गोरखा आँबुखैरेनी सडककै मात्र कुरा गर्ने हो भने सो सडकखण्डमा चलेका सवारी साधनमध्य करिब ८५ प्रतिशत रातो प्लेटको बोलेरो जीप थिए । बाँकीमध्य एम्बुलेन्स, मोटरसाइकल, टिपर, ट्रक, कार आदि । रातोप्लेटको बोलेरो जीप यति धेरै किन चले ? यसको उत्तर यदि कसैले अरु दि एभने त्यो झुठा हो । रातो प्लेटको बोलेरो यात्रु ओसार्न चलेका थिए ।
यसले के देखाउँछ भने मान्छेहरु भिडम्भीड गरेर जीप चढेको छन् । कोरोनासंग कत्तिपनि डराएका छैनन् । यसले आफूलाई नै सिध्याउँछ । अरुलाई पनि सिध्याउँछ । त्यसैले यस्तो जोखिम काम नगरौँ, गरिएको भए ट्राफिक प्रहरीले कडाइ गरौँ ।




