| सोमवार, कार्तिक २३, २०८३

अब एक हप्ता संयमित बनौँ

लकडाउन, सटडाउन, कफ्र्यू, बन्द, हड्ताल यी सबमा मानवीय स्वतन्त्रता बिरोधी क्रियाकलाप हुन् । यी क्रियाकलापमा आर्थिक, सामाजिकलगायतका स्वतन्त्रता रहन्न ।

अभ्यासलाई हेर्दा लकडाउन, सटडाउन, कफ्र्यू सरकार पक्षले आव्हान गर्ने गतिविधि हो । बन्द, हड्ताल इतरसरकारले आव्हान गर्ने क्रियाकलाप हो । यी सब रहर होइन । बाध्यता हो ।

अहिले कोरोना महामारी चलिरहेको छ । काठमाडौं तथा विशेषगरी तराइलगायतका ठूला सहरमा कोरोना महमारी डँडेलो झैँ सल्किरहेको छ । कोरोनाको रोकथामका लागि केही महिनाअघि सरकारले लकडाउन आव्हान गर्‍यो । त्यतिबेलाको लकडाउनले कोरोना भाइरस स्थानान्तरणको साङ्लालाई खण्डित गर्न मद्दत गरेको थियो । जसले गर्दा त्रास धेरै भए पनि कोरोना महामारीको फैलावट ज्यादै न्यून भयो । कोरोना महामारी रोकथाम, न्यूनिकरण, व्यवस्थापन गर्न अपनाएको अभ्यास सफल रहेको अनुभूति भयो ।

जब लकडाउनले सर्वसाधारणको जीवनयापनमा जटिलता निम्त्याउन थाल्यो, त्यसपछि बिस्तारै लकडाउन खुकुलो पार्दै साउन लागेपछि लकडाउन अन्त्यको घोषणा भयो । छिमेकी राष्टू भारतमा कोरोना महामारी फैलिएको फैलियै हुने त्यहाँ कामका लागि गएकाहरु भित्रिने क्रम बढेको बढै हुने गर्दा कोरोना भित्रिने दर पनि बढ्दै गयो । जसले गर्दा अहिले नेपालमा कोरोना महामारीको भयावह बन्दै गएको छ ।

त्यसैले जिल्ला सरकारले अहिले कोरोना फैलावटलाई क्रमभंग गर्न दोस्रो चरणको लकडाउन आव्हान गरेको छ । यो जिल्ला सरकारको रहर होइन, लहड पनि होइन । त्यसैले यसलाई समयले दिएको बज्रपातको रुपमा स्वीकारर्दै लकडाउनलाई स्वीकार गर्नुपर्छ । जीवन यापनमा उच्च सतर्कता बढाऔं । रोग प्रतिरोधी शक्ति बढाउने खानेकुरा खाऔं । व्यक्तिगत दुरी बढाऔं । सुरक्षित रहौं । स्वस्थ रहौं ।

प्रतिक्रिया दिनुहोस्