| सोमवार, कार्तिक २३, २०८३

बढ्दै छः कोरोनाबाट जोगिउँ

पहिलो चरणको कोरोना करिब करिब नियन्त्रण भएको अबस्था थियो । लकडाउन थियो । विदेशबाट आउनेहरु सबैलाई क्वारेण्टाइनमा राखिन्थ्यो । परीक्षणपछि मात्र समुदायमा पठाइन्थ्यो । यसले गर्दा कोरोना नियन्त्रणमा सरकार सफल देखिएको थियो । गोरखा जिल्लाकै हकमा भन्नुपर्दा आइसोलेशनमा बस्ने बिरामी सुन्य भएको अबस्था थियो ।

जब लकडाउन खुल्यो, सार्वजनिक सवारी साधन चल्न थाले, त्यसपछि काठमाडौंलगायतका सहरहरुमा संक्रमितको संख्या बढेको खबरहरु आउन थाले ।

भारतमा संक्रमणले डँडेलोको रुप लिइरहेको थियो । काम गर्न गएकाहरु भारतबाट धमाधम फर्कन थाले । उनीहरुलाई व्यवस्थित तवरले क्वारेण्टाइनमा राख्न पनि स्थानीय सरकार चुके । सार्वजनिक सवारी साधन, पसल, कार्यालयहरु खुलेपछि बिस्तारै समुदायमा संक्रमण फैलन थाल्यो । अहिले कोरोना संक्रमणको अबस्था भयाबह भएको छ ।

सरकारले लकडाउन खुल्ला गरेपनि अब स्थानीयस्तरमा लकडाउन गर्नुपर्छ । अथवा अघोषित लकडाउनको अबस्था आआफैले सिर्जना गर्नुपर्छ । कसरी समुदायको सम्पर्कबाट टाढा रहने भन्ने बारे अभ्यास्त भइसकेका छौं । त्यसैले अब सबै ‘सेल्फ सेन्सरसीप’को अबस्थामा बस्नुपर्छ । जुन काम नगरे पनि हुन्छ, वा पछि गरे पनि हुन्छ, त्यो कामका लागि बाहिर ननिस्कौं, निस्कनै परे पनि अनिबार्य रुपमा मास्क लगाउँ । मास्क लगाउँदा अरुलाई देखाउनका लागि नभै आफ्नै नाक र मुख छोपिने गरी लगाउँ ।

सामाजिक दुरी कायम गरौं । जहाँतहीँ नछोऔं । छुनै परे, छोइसकेपछि हात धुन वा सेनिटाइजर लगाउन नबिर्सौँ । घरमा धेरैभन्दा धेरै तातो(बेसार)पानी सेवन गरौं । एण्टिबडी बढाउने तत्व मिसिएको पानी सेवन गरौं ।

समाजसेवी तथा राजनीतिक दलका नेताहरुले समुदायमा यस्ता जनचेतनाका कुराहरु प्रबाह गरौं । यो जटिल अबस्थामा आफू पनि बाँचौँ, अरुलाई पनि बचाऔं ।

प्रतिक्रिया दिनुहोस्