ह्रासकट्टी अन्यौल टुङ्ग्याएर मुआब्जा दिनु बेस
राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्ने सरकारको लक्ष्य रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको कामले गति लिन सकेको छैन । जग्गा अधिग्रहण सँगै धमाधम मुआब्जा बितरणको काम अन्तिम चरणमा पुगेपनि त्यस बाहेकका कामले गती लिन नसकेको हो । कारण सरकारी अष्पस्टता र अन्यौल ।
आयोजना कार्यालयले जग्गाको मुआाब्जा बितरण सकेर घरगोठको मुआब्जा बितरण गर्ने तयारी गरिरहेको छ । त्यहाँबाट बिस्थापित हुनेहरु घर गोठको मुआब्जा लिएर ठाउँ छाड्ने तयारीमा केही छन् कतिपयलाई अझै आयोजना बन्ने नबन्नेमै आशंका छ । गत वर्ष आयोजना कार्यालयले घरगोठको मुआब्जा दिने घोषणा गरेपछि अहिले घरको ह्रासकट्टी गर्ने वा नगर्ने भन्ने विषयले काम अघि बढेको छैन । उर्जा मन्त्रालयले ह्रासकट्टी नगर्ने घोषणा गरेपनि अर्थ मन्त्रालयले स्विकृत नगर्दा काम अघि बढेको छैन । यसको असर आयोजनाको गतिविधी अघि बढाउनमा परेको छ ।
घरगोठको मुआब्जा बितरण छाडेर अन्य काम अघि बढाउने नैतिक आधार आयोजना कार्यालयलाई छैन । बिस्थापितहरुलाई पुर्नस्थापना गराउने ठाउँका कुनै टुंगो छैन । घरगोठको मुआब्जा नदिँदा सम्म थातथलो छोड्ने सोचमा कोहीपनि छैनन् । राष्ट्रिय गौरबको आयोजना नाम दिने काम चाँही कछुवा गतिमा अघि बढाउने प्रवृत्तीले यो आयोजना सरकारको प्राथमिकतामा नपरेको प्रष्टै देखिन्छ । आफ्नो थातथलो उठिबास गराउन तयार भएका बिस्थापितलाई अरबौँ मुआब्जा बितरण गरेको सरकारले घरको ह्रासकट्टी गर्ने निणर्य गरेर उनीहरुको मन दुखाउँदा आयोजनालाई दिर्घकालीन असर पर्न सक्छ । यस तर्फ पनि सरोकारवाला सबैको ध्यान पुग्नु जरुरी छ ।




