| सोमवार, कार्तिक २३, २०८३

सिडियो, एसपी सरुवा गरेर पुरुषार्थ गरेको ठान्नु मुर्खता

जिल्लाका प्रशासकीय प्रमुख, सुरक्षा निकायका प्रमुखहरुले आफ्नो अनुकूल काम गरेनन् भने सरुवा गरेर कारबाही गर्ने गोरखाको एउटा ठूलै समस्या हो । यस्तै पुरुषार्थ देखाएर गोरखामा १० बर्षको अवधिमा १४ जना सिडियो हेरफेर गरे ।

सामान्य अबस्था रहिरहेमा एउटा प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले दुईबर्षसम्म जिल्लाको नेतृत्व गर्ने व्यवस्था हुन्छ । तर गोरखाको बिगत १० बर्षको सिडियो सरुवा हेरफेरको तथ्याङ्क बिश्लेषण गर्दा ४२ दिनमै सरुवा भएको पनि देखियो । तीन महिनामा सरुवा भएको पनि देखियो । प्राय सिडियोले छ महिनाभन्दा कम समयमै जिल्ला छाडेको देखियो ।

अहिले भर्खर पनि प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । छ महिना खर्चेर बल्लतल्ल भूगोल चिनेका, मान्छे चिनेका, यहाँको जनजीवनशैली चिनेका, यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यशैली चिनेका प्रमुख जिल्ला अधिकारी अचानक सरुवा हुँदा कोरोना महामारी लगायत प्राकृतिक विपत व्यवस्थापनमा पक्कै पनि अलमल आउन सक्छ । किनभने नयाँ प्रजिअलाई फेरि उपरोक्त विषयबस्तु चिन्न, जान्न अर्को तीन महिना, छ महिना लाग्न सक्छ ।

यहाँ पुरानो सिडियो ठिक, नयाँ आउने बेठिक भन्न खोजिएको होइन । फगत एउटा सिडियो सम्बन्धित जिल्लामा काम गर्न सक्षम हुन वा सरासर काम गर्न सक्ने हुन जिल्लाले जेजति लगानी गरेको हुन्छ, नयाँलाई त्यो परिबेश पढ्न, बुझ्न अर्को त्यति नै वा बढि पनि समय, सम्बन्ध, सम्पर्क लगानी गर्नुपर्ने हुन्छ ।

त्यसैले सिडियो वा एसपीलाई सरुवा गरिरहेर पुरुषार्थ गरेको ठान्ने होइन, उनीहरुलाई जिल्लाको बस्तुस्थिति,परिवेश बुझाएर काममा दक्ष बनाउन पुरुषार्थ देखाउनु वुद्धिमानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्