| सोमवार, कार्तिक २३, २०८३

लकडाउन अन्त्यः नेपालको, कोरोना व्यवस्थापन सन्तोषजनक

चार महिला लामो लकडाउनको गएरातीदेखि अन्त्य भएको छ । अब आम नेपाली व्यक्तिगत, सामाजिक स्वास्थ्य सावधानी अपनाउँदै पूर्ववत(चैत ११ अगाडिको) रुपमा ‘खुल्ला’ भएका छन् । अद्यपि हवाइसेवा, शिक्षण संस्था, धार्मिक स्थल, सिनेमा हल, मेला जात्रा, सार्वजनिक सभा, समारोह आदि खुल्न केही समय पर्खनु नै छ ।

‘लकडाउन’ अन्त्य सँगै अब बन्द रहेका उद्योग, कलकारखानाहरु पनि खुल्ने भएका छन् । यसले आर्थिक अबस्थामा लागेको संकट केही हदसम्म भएपनि मोचन हुने विश्वास लिन सकिन्छ ।

लकडाउन अन्त्य हुने भन्दैमा अब बिना मास्क, बिना सेनिटाइजर हिड्ने, भीडभाड गर्न पनि पाइने भन्ने होइन । कोरोना संक्रमणको अन्त्य भएको छ भन्ने पनि होइन । संक्रमण दैनिक सरदर एकसयको हाराहारीमा बढिरहेको छ । बिगतको तुलनामा अद्यपि यो कम हो ।

सँधै बन्द गरेर जनजीवन कष्टकर हुने भएकाले मात्र सरकारले केही खुकुलो गरेको हो । मास्क लगाउने, सेनिटाइजर लगाउने, दुरी कायम गर्ने, साबुनपानीले मिचीमिची हात धुने कार्यहरु अब सँधै गरिरहनु पर्छ । कोरोनालाई दृष्टिगत गरेर मात्र भन्नुभन्दा पनि सँधैजसो यी कुराहरु अपनाउँदा सधैका लागि, सबैका लागि उत्तम हुनेछ । यसले कोरोना मात्र होइन, अन्य बिभिन्न रोगबाट समेत जोगाउने छ ।

कम क्षतिमै नेपालमा कोरानो संक्रमण न्यूनिकरण भयो । यसमा नेपालका तीनवटै सरकारको कोरोना व्यवस्थापनको कुशलता भन्नु दोराय हुनेछैन । नीति बनाउने संघ सरकार र त्यसलाई पालना गराउने स्थानीय सरकार, जिल्ला स्तरको सिसीएमसी आदि धन्यवादका पात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्