| बिहिबार, साउन २२, २०७७

editorial

बाढि पहिरोको कहरबाट बच्न सचेत रहौं, सजग बनौं

मध्य मनसुन सुरु भयो । केहीदिनदेखि लगातार सघन बर्षात सुरु भएको छ । जाजारकोट, सिन्धुपाल्चोक, कास्की, लम्जुङ, म्याग्दी जिल्लाहरुमा ज्यादै अप्रिय घटना भएका छन् । शुक्रबार साँझसम्म २२ जनाको जीवन गुमेको छ, ३८ जना बेपत्ता छन् । कैयौँ घरबारबिहिन भएका छन् । बिस्थापित हुनेको संख्या पनि उल्लेख्य छ । पहिरो र बाढीको त्रासले कैयौं रातभर जागा बस्ने गर्छन् ।

यो बेला बर्षेनी यस्तै हुने गर्छन । पहाडमा बाढी, पहिरो, तराईमा डुबान ।

यो हप्ता पहाडी भूभागमा पहिरोको बितण्डा छ । समाचार माध्यम तथा सामाजिक सञ्जालहरुमा स्तब्ध बनाउने खालका तस्वीरहरु पोष्ट भएका छन् ।
अब केही दिनमा तराईमा डुबानको दुखद समाचार आउन थाल्छ । बिगत बर्षहरुमा जस्तै डुबेका, बगेका, भोकभोकै बस्नु परेका, बस्ती उजाड बनेका समाचारहरु आउनेछन् ।

सँधै किन यस्तो बाढी पहिरोको कहर हुने गर्छ ? के यो समाधान हुन नसक्ने समस्या हो ? समाधानका लागि कसैले पहल नगरेको हो कि ?
पहाडी क्षेत्रमा पहिरोको त केही भर हुदैन तर डुबान तथा बगानबाट बच्न त पूर्व सावधानी अपनाउन सकिन्छ । खोला, नदीको किनारमा बस्नेहरुले बर्षेनी कटान र बगानको समस्या झेल्नु पर्छ ।

के उनीहरु खोला नदीको किनारमै बस्नु पर्ने बाध्यता छ ? बैकल्पिक बसोबासको व्यवस्था गर्ने नसकिने हो ? अरु भन्दा ठूलो त जीवन नै हो । जहाँ जीवन सुरक्षित हुन्छ, त्यस्तै ठाउँ खोजेर बस्नुपर्छ । अन्य सतर्कताका उपायहरु अपनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्