| शुक्रबार, बैशाख १४, २०८१

बहुउपयोगी मोरिङ्गाको उपयोग गरौं

मोरिङ्गा अर्थात सितलचिनीको खेती यसअघि पनि कुनै घरहरुमा रहरले लगाउने चलन छँदै थियो । देश विदेशमा देख्ने र यसको महत्व बुझ्नेले कहीँकतै बिउ वा बिरुवा खोजेर रोप्ने गर्थे ।

अहिले यसको व्यवसायिक खेती सुरु हुन थालेको छ । गोरखा नगरपालिका १४ (देउराली)को गर्बुङमा करिब तीनसय रोपनी क्षेत्रफलमा यसको खेती सुरु गरिएको छ । गोरखा अर्गानिक हर्बल प्रालिले बिगत बर्षदेखि यसको खेती गर्न सुरु गरे पनि यो बर्षदेखि दुईसय रोपनीमा खेती गर्न थालेको छ ।

प्रालिको प्रयासलाई कृषि ज्ञानकेन्द्रले साथ दिएको छ । अर्थात ज्ञानकेन्द्रले सो ठाउँलाई मोरिङ्गा पकेट क्षेत्र घोषणा गरी सो खेतीमा आर्थिक, प्राविधिक सहयोग गरेको छ । ज्ञानकेन्द्रले त्यहाँ मोरिङ्गा खेती सम्बन्धी तालिम सञ्चालन गरेको छ । टूयाक्टर लगायतका उपकरण, बिऊ, मल, बिषादी, सिँचाई संरचना निर्माण सामग्री, टनेल निर्माण, संकलन केन्द्र निर्माण आदिका लागि ज्ञानकेन्द्रले साथ दिएको छ ।

मोरिङ्गा बहुउपयोगी वनस्पति हो । यसको पातबाट चिया बन्छ । यसको चिया खाएमा रुघामुक्त भइनेछ । यसको फलको तरकारी हुन्छ । जुन तरकारी दूध भन्दा १४ गुना पोषिलो हुनेछ । यसको फूल पनि खान हुन्छ । जरा पनि सखरखण्डजस्तो गरी खान हुन्छ ।

अहिले कोरोनाको महामारी फैलिरहेका बेला यसको चिया खानाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्छ । त्यसैले गोरखा आयुर्वेद कम्पनीले यसको चिया उत्पादन सुरु गरिसकेको छ । त्यसैले सर्वसाधारणले पनि आफ्नो प्रयोजनका लागि तथा व्यवसायिक प्रयोजनका लागि पनि यसको खेती गर्नु वुद्धिमानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्