| शुक्रबार, चैत्र १६, २०८०

पिसिआर मेसिन खरिदका लागि जोडबल गरौं

गोरखामा मात्र होइन, अहिले गोरखा पनि कोरोना संक्रमितको पारो चढिरहेको छ । गोरखामा शनिबारसम्म संक्रमितको संख्या ९३ पुगेको छ । एकजनाको मृत्यू भइसकेको छ । ५८ जना अहिले पनि आइसोलेशनमा उपचाररत छन् । ३८ जना उपचारपछि घर फर्केका छन् ।

अहिलेसम्म १४६८ जनाको स्वाव परीक्षणका लागि निकालिएको छ । उनीहरुमध्य ५१५ जनाको स्वाव परीक्षणको नतिजा आएको छैन । अर्थात यति धेरै मान्छे अहिले पनि क्वारेण्टाइनमा स्वाव परीक्षणको नतिजा पर्खेर बसिरहेका छन् । स्वाव निकालिएको १० दिन, १५ दिनसम्म पनि नतिजा नआउँदा उनीहरु, उनका आफन्तहरु अताल्लिसकेका हुन्छन् । यदि उनीहरुको नतिजा नेगेटिभ आइहाल्यो भने पनि उनीहरुको स्वाव निकालेपछि क्वारेण्टाइनमा बस्न आएकाहरुसंगको संसर्गले गर्दा उनीहरुमा संक्रमण सरिसकेको पनि हुनसक्छ । तर उनीहरु भने पिसिआर रिपोर्ट नेगेटिभ आयो भने खुशीयाली मनाउँदै घर गएका हुन्छन् ।
यस्तो बिषम अबस्थाको बारेमा अध्ययन, मनन गर्नुपर्छ ।

यो समस्याको समाधान त्यतिबेला हुन्छ, जतिबेला सीघ्रातिसिघ्र कोरोना परीक्षणको रिपोर्ट आउने व्यवस्था मिलाइन्छ । त्यसका लागि पनि परीक्षण उपकरण सर्वसुलभ हुनु जरुरी छ ।

अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्टिूय जनस्वास्थ्य प्रयोगशालामा मात्र गोरखाको स्वाव परीक्षण हुने गर्छ जसले गर्दा लामो पालो पर्खनुपर्ने हुन्छ । यो अबस्थाको अन्त्य गर्न जतिसक्दो चाँडो पिसिआर परीक्षण उपकरण जिल्लामा नै खरिद गरौं । मेसिन खरिदका लागि सबैतिर जोडबल गरौं ।

प्रतिक्रिया दिनुहोस्