| सोमवार, कार्तिक २३, २०८३

भवन भन्दा बटुकको स्वास्थ्य ठूलो हो

सनातन धर्मको संरक्षण गर्ने उद्देश्यसहित गोरखामा एउटा गुरुकुल सञ्चालित छ । गोरखा नगरपालिका ६ महेन्द्रज्योति मावि भन्दा केही तल गुरुकूल सञ्चालित छ । यसको स्थापनामा सो भेगका ज्येष्ठ नागरिकको ठूलो योगदान छ ।

गुरुकुलमा गोरखाका भन्दा सुदूर पश्चिमका बटुकहरु छन् । गुरु पनि सुदूर पश्चिमकै छन् । सुख, दुख गरेर सञ्चालकहरुले गुरुकूललाई निरन्तरता दिइरहेका छन् । यसमा विशेषगरी हिन्दूधर्ममार्गीहरु कृतज्ञ छन् । गुरुकूललाई टिकाइराख्नका लागि गोरखा बजारका प्रतिष्ठित व्यापारी, व्यवसायी तथा स्थापित कुल घरानाहरुले पनि सहयोग गरिरहेका छन् । सरकारले पनि अनुदान शिक्षक दरबन्दीको व्यवस्था गरेको छ । नगरपालिकाले पनि बिभिन्न शीर्षकमा बार्षिक नियमित आर्थिक सहायता गरिरहेको छ । सञ्चालकहरुले देशविदेशबाट सहायता जुटाएर गुरुकूल सञ्चालन गरिरहेका छन् । यो प्रसंशनीय छ । तर गुरुकूलका लागि प्राप्त पोषिलो खानाको रकमान्तर हुने गरेको दुखद समाचार छ । जसको कारण त्यहाँ बस्ने बटुकहरुमा कुपोषण भएको समाचार बाहिरिएको छ । सञ्चालकले बद्नियतपूणर् ढंगले बजेट दुरुपयोग गरेका त होइनन् । तर पोषिलो खानेकुराका लागि नगरपालिकाले दिएको पैसाले जग्गा किन्नका लागि रकमान्तर गर्दा बालबालिकामा कुपोषण भएको खबरले शुभेच्छुकहरुलाई दुखी तुल्याएको छ ।

भवन पनि बनाउनै पर्ने संरचना हो, तर भवन भन्दा पहिले मानव जीवन ठूलो कुरा हो । त्यसैले बालबच्चाको स्वास्थ्यमा असर नपर्ने गरी काम गर्नु वुद्धिमानी हुनेछ ।

बालबालिकालाई बजारबजार भिक्षा नमगाई प्राप्त बजेटको सदुपयोग गरी पोषिलो खाना खुवाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्