| सोमवार, कार्तिक २३, २०८३

दुर्गमका काठेपोल बिस्थापित गर

जब बर्खा लाग्छ, तब तराईतिर डुबान, पहाडतिर पहिरोको जोखिम बढ्छ । केहीदिनअघिको अबिरल बर्षाले छेकम्पारका बिभिन्न खहरे खोलाका छ वटा काठे पुल भत्किए ।

यसले गर्दा स्थानीयबासीलाई एउटा गाउँबाट अर्को गाउँमा पुग्न समस्या भयो । त्यति मात्र होइन, गाउँका बासिन्दालाई मेलापात, वनजंगल, घाँसदाउरा गर्न जान समेत समस्या भएको छ ।

बिभिन्न गाउँटोलबाट वडा कार्यालय जाने बाटोको पुल भत्किँदा समस्या सिर्जना भएको छ ।

यो समस्या यो बर्षमात्र भएको होइन । यहाँ सँधै काठेपुल मात्र छ । यदि पक्की(फलामे, झोलुङ्े) पुल भएको भए, पक्की ठाउँ छानेर पक्की जीप बनाएर निर्माण गर्ने गरिन्थ्यो । यस्ता पुलहरु बर्षेनी भत्किने, बर्षेनी बनाउनु पर्ने अबस्था रहन्नथ्यो । दीगो हुन्थ्यो, टिकाउ हुन्थ्यो ।

अहिले विकास निर्माणका लागि संघ सरकार छ, प्रदेश सरकार छ र स्थानीय सरकार छ । सानो खहरे खोलामा पुल राख्नका लागि संघ सरकारको कार्यक्रम पर्खिरहनु पर्दैन । प्रदेश वा स्थानीय सरकारले नै आवश्यकता पहिचान गरी कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्छ ।

विशेषगरी दुर्गमका बासिन्दालाई आवतजावतमा समस्या छ । चुमभ्यालीबाट गोरखा सदरमुकाम आउँदा होओस् वा नुब्रीभ्यालीबाट सदरमुकाम आउँदा होस् ज्यादै जोखिम पदमार्ग हिड्नुपर्ने बाध्यता छ । त्यस्तै गण्डकी, स्यार, यारु, खोर्ला, माछाखोला वा अन्य खोला तर्नुपर्दा खतरापूणर् छ । तिनमा झोलुंगे पुल निर्माण गरेर स्थानीयबासीको दिनचर्यालाई सहज बनाउनु पछए ।

प्रतिक्रिया दिनुहोस्