| सोमवार, कार्तिक २३, २०८३

विशेषज्ञको टोली बनाई सीमा विवाद समाधान गरौं

बिगत ६० बर्षदेखि गोरखाको एउटा गाउँ चीन सरकारको अधिनमा छ । बिसं. २०१७ सालमा संयुक्त सीमा दलले गरेको सीमाङ्कनअनुसार रुई गाउँ चीन सरकारको अधिनमा रहेको हो । त्यसअघिसम्म नेपाल सरकारको अधिनमा रहेको १७० घरधुरी रहेको सो गाउँ अहिले चीनको अधिनमा पुगेको हो । त्यहाँका बासिन्दा लगायत असाध्यै उर्वर भूमि, एक हजार बर्षभन्दा प्राचीन तेका गुम्बा पनि नेपालले गुमाएको छ । सीमा विवाद समाधानमा जहिले पनि हारेर सम्झौता गर्ने नेपाल सरकारले यहाँ पनि हारेर सीमास्तम्भ गाडेको हो ।

स्थानीय ज्येष्ठ नागरिकका अनुसार सीमा दलका नेपाली प्रतिनिधि रुईलाबाट तल रुई गाउँतर्फ नगै डाँडै बसी पिलर गाढेको हुन् । नेपाली बन्ने कि तिब्बती बन्ने भन्ने स्थानीयसंग मतसर्वेक्षण नै नगरी एकाएक तिब्बती बन्नुपरेपछि गाउँलेहरु भागेर साम्दोमा आएर शरण लिएर बसेका थिए । तिनताका नेपाल तर्फको जल, जमिन र जंगल उपयोगको बिषयमा सामागाउँ र बिस्थापित भई साम्दोमा आई बसेका बासिन्दा बीच झगडा परेको थियो ।

जिल्ला अदालत, विशेष अदालत हुदै सर्वोच्च अदालतसम्म पुगेको सो मुद्धा लामो समयपछि फैसला भएको थियो ।

सीमाका बिषयमा सयौं ठाउँमा विवाद छ । सबै ठाउँको सीमा विवाद समाधानका लागि सरकारले विशेष विशेषज्ञहरुको अनुसन्धान टोली बनाई अनुसन्धान गरी समाधान गर्नु जरुरी छ । अन्यथा बिगतमा झै हारेरै सन्धी, सम्झौता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्