| सोमवार, कार्तिक २३, २०८३

उपचार सँगै परीक्षण बढाऔँ

कोरोना संक्रमितको संख्या बढिरहेका बेला गोरखामा त्रास पनि बढेको छ । पिसिआर रिपोर्ट आउने क्रम सँगै भारत लगायत देश भित्रबाट जिल्ला भित्रिएका ब्यक्तीहरुमा संक्रमण देखिएसँगै गाउँगाउँमा त्रास बढेको हो । घर छिमेकका ब्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको ठाउँका सर्वसाधारण आत्तिएका छन््, चिन्तामा छन् ।

यस्तो अवस्थामा गोरखामा संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा ल्याउन ढिलाई हुनुले अझै त्रासा बढेको छ । संक्रमण पुष्टि भएका केही क्वारेन्टिनमा छन् भने केही त दुई दिन देखि घरमै छन् । परिवारका सदस्य देखि समुदायमा पनि त्रास बढेको देखिन्छ । घरमा भएका ब्यक्ती को सँग कहाँ–कहाँ सम्पर्कमा गए भन्ने यकिन गर्न अर्को समस्या छ । क्वारेन्टिनमा रहेका संक्रमितहरुले उचित उपचार पाएका छैनन् । उनीहरुलाई छिटो आइसोलेसनमा ल्याउनुपर्छ । यसले उपचारमा सहज त हुने छ नै उनीहरुको मनोबल बढ्नेछ । रोगसँग लड्ने क्षमताको बिकास हुनेछ । स्वास्थ्यकर्मीको निग्रानीमा हुने रेखदेखले बिरामी छिटो निको हुनेछन् । यसको उदाहारण गोरखा अस्पतालमा १४ दिन बसेका संक्रमित शनिवार निको भएर घर फर्किएकाहरु हुन् ।

क्वारेन्टिन र होम क्वारेन्टिनमा बसेकाहरुलाई कोरोना संक्रमण पुष्टि भएलगत्तै आइसोलेसनमा ल्याउनुपर्छ । गोरखा सदरमुकाममा तयार भएको आइसोलेसनमा राखेर संक्रमण देखिएकाहरुको राम्रो सँग उपचार गर्न सकिएन र संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गरिएन भने गाउँगाउँमा कोरोनाको संक्रमण सँगै मनोबैज्ञानीक त्रास बढ्ने पक्का छ । यस तर्फ स्थानीय तहले बेलैमा ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्