| सोमवार, कार्तिक २३, २०८३

कोरोनाबाट आतंकीत नबनाउ, सचेत रहौँ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण अहिले एक प्रकारको आतंक फैलिएको छ । सरकारले पनि आम नागरिकको मनोबल बढाउने तर्फ कुनै ध्यान दिएको छैन बरु जताततै बन्द गरेर सर्व साधारणलाई त्रास फैलाएको छ ।
यतिबेला अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई स्रोत साधन सम्पन्न बनाउनु पर्ने जरुरी छ ।

कोरोना संक्रमीतको फ्रन्ट लाइनमा उभिने स्वास्थ्य कर्मीहरुलाई आवश्यक पर्ने उपकरणहरु छैन । मास्क, ग्लोब्स, फीभर स्क्यान गन लगायतका उपकरण नहँुदा स्वास्थ्यकर्मीहरु काममा तैनाथ हुन उच्च मनोबल छैन । नागरिकमा नाकाबन्दि, दैनकि उपभोग्य सामानको कृत्रिम अभावको आतंक छ तर सरकार भने पूर्व तयारीमा जुट्नु भन्दा जताततै बन्द, हिडडुलमा समेत छेक थुन गरेर त्रास फैलाउने काम गरिरहेको छ ।

सबै गाउँपालिका, कार्यपालिकाहरुले फिभर स्कान गन मास्क, ग्लोब्स चिकित्सकले लगाउने सुरक्ष्ीत पोसाक सेट, औषधिहरु, अक्सिजन, आयसोलेसन वार्ड, हेल्थ डेस्क तयारी अवस्थामा राख्नुपर्छ र विषेश गरी विदेशबाट आउनेहरुमा निगरानी बढाउनु पर्छ ।

तर पूर्व तयारी नगर्ने बन्द र छेकथुन मात्र गरेर कोरोना बाट सुरक्ष्ीत हुन सकिदैन यसमा सबैले संवेदनशिल भएर निर्णय लिनुपर्छ । यातायातका साधनमा मान्छे कोचाकोच गेरर यात्रा गरिरहेका छन । यसलाइ व्यवस्थित गर्नु सबैभन्दा जरुरी   छ । राष्टिूय वाणिज्य बंैक, मालपोत, प्रशासन कार्यालयहरुमा भिढभाढ छ । त्यसलाइ पनि व्यवस्थित गर्नुपर्ने जरुरी   छ ।

प्रतिक्रिया दिनुहोस्