पोलको उचित प्रयोग होस
दुई वर्ष भित्र विद्युतिकरण भएका सबै ठाउँमा फलामे पोल राख्ने योजना अनुसार गत वर्ष देखि गण्डकी प्रदेश सरकारले गोरखामा पनि फलामे पोल बितरण गरिरहेको छ । स्थानीय तहलाई तीन हजार पोल बितरण गरेको भौतिक पूर्वाधार बिकास मन्त्रालयले यो वर्ष पनि धार्चे र चमनुब्री बाहेकका गाउँपालिकालाई फलामे पोल बितरण गर्न लागेको छ । काठेपोलमा जोखिमपूर्ण तरिकाले विद्युत प्रवाह हुँदा भन्दा फलामे पोल भएपनि लोडसेडीङ, विद्युत चुवावट रोक्न धेरै मद्धत पुग्नेछ ।
गत वर्ष बितरण भएका फलामे पोल अहिले पनि कतिपय स्थानमा गाडिएका छैनन् । जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालयले स्थानीय तहको केन्द्र सम्म ढुवानी गरेर जिम्मा लगायो । त्यसपछि गाउँ तथा नगरले वडा स्तरमा जिम्मा लगाए । जक्ष जनशक्ति र ब्यवस्थापनमा अभावमा अहिले पनि धेरैजसो ठाउँमा गत वर्ष बितरण भएको पोल थन्किएको छ ।
विद्युत प्राधिकरणका कर्मचारी आफ्नै कार्यालयको नियमित काममा ब्यस्त छन् । प्राविधिक विषय भएकाले पोल गाड्ने र ंतार टाँग्ने काम सहज हुँदैन । प्रदेश सरकारले विद्यूत प्राधिकरणलाई पनि जिम्मेवार रहने गरी पोल बितरण गर्दा प्रभावकारी हुने थियो ।
विद्यूतको ंक्षेत्रमा काम गर्दै आएको कार्यालयको कुनै भुमिका बिना पोल बितरण हुँदा प्रदेश सरकारले राखेको लक्ष्य अनुसार उपयोग भएको छैन । खरिद गरेर बितरण गर्दैमा जनताको आवस्यकता पुरा भएको छ, सरकारले राखेको लक्ष्य पुरा हुनेछ भन्नेमा ढुक्क भएर बस्नु हुँदैन । गत वर्ष बितरण भएको पोल कुन ठाउँमा कसरी गाडिएको छ भन्ने तथ्याङ्क संकलनका लागि पनि सरकारले संयन्त्र परिचालन गर्नुपर्छ ।




