| शनिबार, बैशाख ८, २०८१

फोहर जलाएर आगो नतापौँ

सानैदेखि जानेको कुरा ः धुमपान स्वास्थ्यका लागि हानिकारक छ । चुरोटको धुवाँले चुरोट खानेलाई भन्दा चुरोटको धुवाँ सुँघ्नेलाई बढि असर गर्छ भन्ने पनि सानैदेखि सुनेको कुरा हो ।

उसो भए हिउँद याममा आगो ताप्दा निलेको धुवाँलेचाहिँ असर गर्छ कि गर्दैन ? सामान्य अनुमान लगाउन सकिन्छ ः अवश्य असर गर्छ । असर गर्छ भन्ने जान्दाजान्दै अहिले आगो किन प्यारो छ ?   न्यानो गर्ने अरु बिकल्पहरु पनि छन् । तातो तरल पदार्थ सेवन गर्नु, न्यानो कपडा लगाउनु, तेल दल्नु आदि । हिटर बाल्नु, कोइला बाल्नु पनि स्वास्थ्यका लागि लाभदायक छैन ।

प्रदुषित बस्तु जलाएर निस्केको धुवाँ साधारण दाउरा बाल्दा निस्केको धुवाँ भन्दा बढि बिषाक्त हुन्छ । बिषाक्त धुवाँले साधारण धुवाँले भन्दा धेरै गुना नराकात्मक असर गर्नु स्वभाविकै हो ।

प्लास्टिक, रबर तथा यस्तै फोहर जलाएर निस्केको धुवाँले बायुमण्डल त प्रदुषित बनाउँछ भने हाम्रो भित्रि अंगहरुलाई कति धेरै प्रदुषित बनाउँछ ? यो जो कोहीले जान्न सक्ने कुरा हो । तैपनि जानेको कुरालाई हेलचेक्र्याइँ गर्दै हामी फोहर जलाएर आगो ताप्छौं । फोहर जलाएको आगो ताप्दा हामी ठान्छौं, ‘एकपन्थ दो काज’ ।

यो किमार्थ होइन । प्रदुषित सामग्रीबाट उत्पन्न हुने बिभिन्न खालका विषाक्त धुवाँले हाम्रा फोक्सो, मुटु, रक्तनली, नाक, मुख सबैमा खराब गर्ने हुँदा अब फोहर पनि जलेर नष्ट हुने, जाडो भगाउन पनि सजिलो हुने भन्ने जस्ता कुतर्क गरी फोहर जलाएर आगो ताप्ने कुचेष्टा नगरौं ।

नवीकरणीय फोहरलाई नवीकरण गरौं, अनवीकरणीय सामानलाई त्यही अनुसार उत्सर्जन गरौँ, तर एक पन्थ दो काज भनेर फोहर जलाएर आगो ताप्ने काम नगरौं । यसको असर तत्काल केही नदेखिए पनि दिग्दिगन्तमा अवश्यै देखिनेछ । त्यसैले स्वस्थ रहौं, सभ्य बनौं ।

प्रतिक्रिया दिनुहोस्