| शनिबार, बैशाख ८, २०८१

भ्रमण बर्षमा कुनै कार्यक्रम नहुनु दुखदैं

सरकारले सन २०२० को पहिलो दिन जनवरी १, बुधबार भव्यताका साथ भ्रमण बर्ष २०२० को आरम्भ गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको हो ।  भ्रमण बर्ष मनाउन सातवटै प्रदेशमा समिति गठन भएका छन् ।

सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुमा पनि भ्रमण बर्ष मनाउने समिति गठन भएका छन् । तर पहिलो दिन, गोरखाको कुनै पनि स्थानीय तहमा पर्यटनसम्बन्धी कुनै कार्यक्रम भएनन् । यसले के संकेत गर्छ ?

अहिले गोरखा जिल्लामा पर्यटनसम्बन्धी काम गर्ने संघ,संस्था छैनन् ।  भन्ने बेला सबैले पर्यटन नै आर्थिक संवृद्धिको आधार हो भन्छन्, तर पर्यटन प्रवद्र्धन गर्न नागरिकस्तरबाट केही पहल नै छैन । जिल्ला सरकार, स्थानीय सरकारबाट पनि केही पहल भएको देखिएको छैन ।

भ्रमण बर्षको पहिलो दिन गोरखा आएका विदेशी पर्यटकलाई स्वागत गरेर पनि कार्यक्रम गरेको एउटा सन्देश दिन सकिन्थ्यो । अथवा कुनै न कुनै सभा, समारोह वा यस्तै केही कार्यक्रम गर्न सकिन्थ्यो । तर कसैले केही पनि कार्यक्रम गरेनन् । यसले स्थानीय सरकार, जिल्ला सरकार पर्यटनसम्बन्धी गतिबिधि गर्न उदासीन छन् भन्ने बुझाउँछ ।

कुनै पनि गतिबिधि गर्न स्वतस्फूर्त रुपमा कोही पनि तयार रहेनन् । अर्काले बजेट दिएर, कार्यक्रम गर्न ताकेता गरिरहे, लोभ, लाभ, डर, त्रास देखाएपछि मात्र काम गर्ने परिपाटी बसेको छ ।  यसअघि गोरखामा पर्यटनसँग सम्बन्धित बिभिन्न संघसंस्था थिए, ती सबै पाखा लागेका छन् । जिल्लामा पर्यटनसम्बन्धी कार्यक्रम गर्नेसंघसंस्था ब्युँताउनु पर्छ । बिभिन्न गतिबिधि निरन्तर गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्