| सोमवार, कार्तिक २३, २०८३

अनि आमले सेनाको सह्राना गर्नेछन्

अपेक्षित काम पूरा गरेपछि नेपाली सेना लाप्राकको गुप्सीपाखाबाट फिर्ता भएको छ । भूकम्पले ध्वस्त लाप्राकबस्ती पुनर्निर्माणका लागि सहकार्य गर्न एनआरएनले गरेको अनुरोध शीरोपर गरी तीनबर्ष लामो निर्माण कार्य पूरा गरी सेना ब्यारेक फर्किएको हो । पीडितको अनुरोध र अत्यावश्यक खाँचो परेको हो, होइन पहिचान गरी नेपाली सेनाले परोपकारी काम गर्ने गरेको छ । ऐतिहाँसिक, सांस्कृतिक, पुरातात्विक सम्पदाको संरक्षण, संवद्र्धन, प्रवद्र्धन, प्रचारप्रसारको काममा पनि नेपाली सेनाले योगदान गर्ने गरेको छ । बिभिन्न विद्यालय तथा क्याम्पसको साना साना भवन निर्माण, सौचालय भवन निर्माण गर्ने गरेको छ । लाप्राक बस्ती पुनर्निर्माणको काम पनि एउटा परोपकारी काम हो । जतिबेला लाप्राकबासी भूकम्पका कारण बिस्थापित भई गुप्सीपाखामा पाल टाँगेर बस्थे । भारी हिमपातका कारण पालको बसाइ कष्टकर भएको बारे समाचार राष्टिूय, अन्तर्राष्टिूयकरण भएपछि एनआरएनएले बस्ती पुनर्निर्माण गरिदिने निर्णय गर्यो । पाँचसय ७३ घर बनाउनका लागि एनआएरएनएले धेरैतिर साथ र सहयोग आव्हान ग¥यो । जग खन्ने, गारो लगाउने लगायतका काममा साथ दिने नेपाली सेनाले निर्णय ग¥यो । परिस्थिति हेरी ५० जनादेखि चारसय जनासम्मको टोलीले काममा सहयोग ग¥यो । तीनबर्ष लगातारको श्रमदानपछि हालै नेपाली सेनाले गुप्सीबस्ती छाडेको छ । सेनालाई बिदा गर्दा लाप्राकबासीले दुख ब्यकत गरेका थिए । आफ्नो गाउँमा निस्वार्थ लामो समयसम्म परोपकारी काम गरेको सेनालाई बिदाइ गर्दा लाप्राकीले फूलमाला पहि¥याएर बिदाइ गरेका थिए । यसरी नै परोपकारी तथा रचनात्मक काममा लागिरहे आमले नेपाली सेनाको सह्राना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्