विभिन्न बहानामा विद्यालय बन्द गर्ने परम्परा अन्त गरौं
सोमबार गोरखा नगरपालिका वडा नं. ११ को तारानगर साना किसान कृषि सहकारी संस्थाले तेरकिलोस्थित चन्द्रज्योति आधारभूत विद्यालय बन्द गराएर आफ्नो प्रारम्भिक साधारण सभा सम्पन्न ग¥यो । कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्री लेखबहादुर थापालाई प्रमुख अतिथि बोलाएर गरेको कार्यक्रममा विद्यालय बन्द गराइएको थियो ।
सो विद्यालयमा आइतबार परीक्षा सकिएको थियो । सोमबारदेखि विद्यालय सुचारु हुनुपर्नेमा सहकारी संस्थाको कार्यक्रम गर्नका लागि विद्यालय बन्द गरिएको थियो ।
प्रअ भन्छिन् ः ‘विद्यालय बन्द नगरौं भनेको थेँ, तर एक दिनका लागि केही हुन्न भनेर सहकारीका पदाधिकारीले जोड बल गरेपछि बन्द गरेको हुँ ।’
सहकारीका उपाध्यक्ष भूरमण घिमिरे भन्छन् ः ‘परीक्षा थियो । सकिएपछि कार्यक्रम गरेका हौं ।’ तर उनले भने जस्तो होइन ।
यो त पछिल्लो एउटा उदाहरण मात्र हो । अरु बिभिन्न बहानामा पनि विद्यालय बन्द गरेर कार्यक्रमहरु गरिएका उदाहरण छन् । भविष्यका कर्णाधार भनिने बालबालिका पढ्ने विद्यालयलाई प्लेटफर्म बनाएर, उनीहरुलाई घरगोठमा खेल्न पठाएर विद्यालयमा कुनै पनि कार्यक्रम गरिनुहुन्न । यसका लागि स्थानीय शिक्षा कार्यालयहरुको पनि ध्यानाकर्षण हुनुपर्छ । समुदायले पनि विद्यालय प्रयोग गर्ने चेष्टा राख्नु हुदैन ।




