| शनिबार, बैशाख ८, २०८१

जनचेतनाले दुर्घटनामा कमी

अघिल्लो बर्षभन्दा यस बर्ष सवारी दुर्घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको अभिलेखमा उल्लेख छ । गत वर्षको असारदेखि कात्तिकसम्म चार महिनामा १० वटा सवारी दुर्घटनमा तीन जनाको मृत्यू भएको थियो । १२ जना गम्भिर घाईते भए । यो वर्षको चार महिनामा चारवटा दुर्घटनामा एक जनाको मृत्यू भएको छ भने चार जना गम्भिर घाईते भएका छन् । थोरै भएपनि दुर्घटना हुनु दुखद हुदै हो, तथापि दुर्घटनामा कमी हुनु सुखद पक्ष हो । जनचेतनाले दुर्घटनामा कमी ल्याउनु स्वभाविक हो । सवारी नियम उल्लंघन गर्नेलाई दण्ड सजायँ गर्दा जबर्जस्ती गर्न खोजेको भावना पैदा हुन्छ । प्रतिकारको भावना पैदा हुन्छ, तर जनचेतना जगाउने, दण्ड सजायँको जानकारी गराउने गर्दा उनीहरुमा स्वस्फूर्त नियम कानून पालनाको भावना पैदा हुन्छ ।
सवारी नियममा मात्र यो लागु हुदैन, अपराधका घटनामा पनि लागु हुन्छ । घरेलु हिँसामा पनि यो नियम लागु हुन्छ । त्यसैले घरेलु हिँसा, अपराधका घटना न्यूनिकरण गर्न पनि प्रहरीले जनचेतनाका कार्यक्रमहरु लाई गाउँगाउँसम्म पु¥याउनु पर्छ । अपराधी खोज्ने समय, खोज्दा लाग्ने खर्च जनचेतना कार्यक्रम गर्नमा प्रयोग गर्नुपर्छ । यसले गर्दा बिना दण्डसजायँ, समाजमा शान्ति, अमनचयन स्थापनामा सहयोग पुग्नेछ । महात्मा गान्धीले बिनारक्तपात अंग्रेजलाई फिर्ता पठाएका थिए , त्यस्तै शान्तिप्रिय उपायद्वारा समाजको अपराध न्यूनिकरण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्