पर्यटन विकासमा स्थानीय सरकारको चासो
गोरखा जिल्लामा कुनै उद्योगको सम्भावना छ भने त्यो पर्यटन उद्योग हो । मनास्लु क्षेत्र जस्तो क्षेत्र पनि गोरखामै छ । मनकामना जस्तो क्षेत्र पनि गोरखामै छ । गोरखा दरबार, गोरखकाली, गोरखनाथ, लिगलिगकोट, श्रीनाथकोट, भीमविरेश्वर मन्दिर, भीमसेन स्मारक, दूधपोखरी, नारद पोखरी, रुपिङ्ला पास पनि गोरखामा नै छ ।
अहिले गण्डकी गाउँपालिका पनि र्याफ्टिङ मार्फत पर्यटन विकासका लागि लागिपरेको छ । गाउँपालिकाले शनिबार मन्त्री, सांसदहरु आमन्त्रण गरी त्रिशुलीमा र्याफ्टिङ गरी पर्यटनको सम्भाव्यता बारे अध्ययन गर्यो । अन्तरक्रिया ग¥यो ।
धार्चे गाउँपालिकाले पनि आफ्ना बिभिन्न सम्पदाको प्रचार प्रसार गरी पर्यटन विकासका लागि लागि परेको छ । पालुङटार, गोरखा नगरपालिकाले पनि बिभिन्न गतिबिधि गरी पर्यटन विकासका लागि लागि परेका छन् ।
सन २०२० लाई सरकारले पर्यटन बर्षको रुपमा मनाउन खोजिरहेको छ । सो अबसरमा पर्यटक भित्र्याउन स्थानीय सरकार पनि लागि रहेका छन् ।
पर्यटन विकास गर्न पर्यटकीय स्थलको प्रचार प्रसारमा लाग्न कञ्जुस्याइँ गर्नुहुदैन । त्यसका लागि एकफेर होइन, दुईफेर होइन, पटक पटक कार्यक्रम गरी, नयाँ नयाँ खालका कार्यक्रम गरी आन्तरिक, बाह्य पर्यटकको मन जित्ने प्रयास गर्नुपर्छ । विदेशसम्म प्रचार प्रसारका लागि पनि पहल गर्नुपर्छ ।




