| बुधबार, कार्तिक २७, २०७६

editorial

सांसदले बाँडेको बजेट कार्यकर्ता पोस्ने माध्यम नबनोस्

यसअघि सांसदले बितरण गर्ने बजेट तथा कार्यक्रम कार्यकर्ता पोस्ने माध्यम थियो । भोट माग्दा वा बिभिन्न समयमा गाउँमा जाँदा प्रतिगद्धता गरेका योजनाहरुमा पनि बजेट बिनियोजन भएका थिए भने गाउँका अगुवा पछुवाहरुको पकेट खर्चका रुपमा पनि यस्तो बजेट प्रयोग हुने गरेको देखिएको थियो । बिभिन्न महिला समूहको भवन, सिँडी, मसानघाट, विद्यालयको घेराबार, बहुउद्देश्यीय सामुदायिक भवनलगायतका बिभिन्न शीर्षकमा २५ हजार, १५ हजार, ५० हजार बाँडेर बजेट सिध्याउने काम हुन्थ्यो । न त्यो योजनाको अनुगमन, कार्यक्रमको परिणाम । बजेट बाँड्यो, सकियो ।
सुरुमा ५० हजारबाट सुरु भएको सांसद कोषको बजेट एकलाख, दुई लाख, १० लाख, ५० लाख हुदै अहिले छ करोडसम्म पुगेको छ । स ांसदहरु यो शीर्षकको बजेट बढाइरहनु चाहन्छन् । कारण ः आफ्ना कार्यकर्ताले पकेट खर्च पाउन्, भोट वैंकमा योजना पार्न पाउँ भन्ने नै हो । दुई बर्षयता यस्तो बजेटको खर्च प्रणालीमा केही सुधार आएजस्तो देखिएको त हो तैपनि अनुगमनको अभावले परिणाम कस्तो आयो भन्ने अनभिज्ञ नै हुने गर्छन् । नागरिकले तिरेको करबाट आएको सो बजेट कार्यकर्ता पोस्ने, दुरुपयोग गर्ने काम गर्नुहुदैन । अहिलेका नागरिक सचेत छन् । त्यसैले नराम्रो कामको नतिजा पनि राम्रो हुनेछैन । सचेत र संवदेनशील हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्