जोखिम लिएर काम गर्ने भन्दा कामै नगर्ने प्रवृत्ति बढ्यो
समाजवादी पार्टी नेपालका अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा गोरखा क्षेत्र नं. २ का जननिर्वाचित प्रतिनिधिसभा सांसद बाबुराम भट्टराईले सोमबार गोरखाका कार्यालय प्रमुखहरुसंगको अन्तरक्रियामा अहिलेका कर्मचारीहरुको प्रवृत्ति बारे टिप्पणी गरे ःअहिलेका कर्मचारीमा जोखिम मलेर काम गर्ने प्रवृत्ति घट्दो छ । जोखिम मलेर काम गर्नुभन्दा जागिर पकाउने काम मात्र गर्ने गरेको उनको भनाइ थियो ।
विकासलाई स्वभाविक ‘प्रक्रिया’ नठानी यसलाई परिणाममुखी बनाउनु पर्ने भट्टराईको जोड थियो । विकास त एउटा प्रक्रिया हो, स्वत भइहाल्छ भन्ने सोचाइले विकासको काममा ढिलाइ भइरहेको उनको अभिव्यक्ति हो ।
गोरखाको मात्र होइन, नेपालका अन्य जिल्लामा पनि यस्ता समस्याले गर्दा काम गर्ने भन्दा प्रक्रिया, औपचारिकता पूरा गरेर बस्ने चलन हावी भएको छ ।
रचनात्मक काम, सिर्जनात्मक काम गर्दा काम बिग्रन सक्छ । काम बिग्रियो भने बेकारको झमेलामा फँसिन सक्ने डर, अख्तियार लगायतकाले दुख दिने डर, कतिपय दलका नेता, कार्यकर्ताले तनाबमा फँसाइदिने डरले गर्दा काम पनि नगर्ने डरत्रासको बेथा पनि नबेसाउने प्रवृत्ति बढेको छ । यसले व्यक्तिलाई त हित हुन्छ, तर देश विकास हुदैन । त्यसैले देशको सच्चा नागरिक हुनुको नाताले केही दुख सहेर पनि परिणाम मुखी काम गर्नुपर्छ ।




