| सोमवार, कार्तिक २३, २०८३

आरुघाटमा बूढीगण्डकी मुआव्जा कहिले निर्धारण होला ?

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको मुआब्जा वितरण क्रम जारी रहँदारहदै केही समयदेखि ठप्प भएको छ । गोरखाकै दोस्रो ठूलो ब्यापारिक केन्द्र मानिएको आरुघाट बजार क्षेत्र पुगे मुआव्जा निर्धारण तथा वितरणको काम ठप्प भएको हो ।
आरुघाट बजारको घरजग्गा खरिद, बिक्री, धितो राख्ने सबै काम सरकारले रोकेको छ । जसले गर्दा स्थानीय ब्यापारी तथा सर्वसाधारण आफ्नो अचल सम्पत्तिको कारोबार गरेर ब्यापार, बिजनेस गर्ने बालबच्च पढाउने, विदेश पठाउने लगायतका काम गर्नबाट बञ्चित भएका छन् ।
त्यत्ति मात्र कहाँ हो र, सो क्षेत्रमा विकास निर्माणको काम ठप्प छ । सडक भत्किएको छ, मर्मतसम्भार भएको छैन । प्राय धेरैतिरका सडक कालोपत्रे भइरहेका छन्, तर बेनिघाट, आरुघाट, आर्खेत लार्के सडकको डुबान प्रभावित खण्डमा कालोपत्रे त परको कुरा, ग्राभेल पनि भएको छैन । बजेट नै बिनियोजन हुन छोड्यो । जसले गर्दा स्थानीयबासी पिडितमाथि पिडित भइरहेका छन् । आयोजना बन्ने कहिले, कहिले विकास निर्माणको काम अबरोध अहिलेदेखि नै छ ।
यसरी स्थानीयबासी चौतर्फी दृष्टिकोणले पीडित भइरहेका बेला आयोजनाले अहिलेसम्म मुआव्जा तोक्न पनि सकेको छैन । यसको बिरोधमा स्थानीय सरकार नै आन्दोलनमा उत्रिने निर्णय गरेको छ । हेरौं, यसको प्रभाव कतिको पर्छ ?

प्रतिक्रिया दिनुहोस्