चेपाङ समुदायको चौतर्फी विकासमा चासो रहोस्
गोरखाका साबिक पाँच गाविस, अहिलेका चार वटा वडामा चेपाङ समुदायको बसोबास रहेको पाइन्छ । घ्याल्चोक, भुम्लिचोक, ताङ्चिोक, मकैसिङ र ताक्लुङ गाविस अर्थात गण्डकी गाउँपालिकाका क्रमश ः वडा नं. ८, ७, २, १ र शहीद लखन गाउँपालिकाको वडा नं. ४ मा चेपाङ समुदाय बस्छन् ।
सबैमा नभनुँ, प्रायजसो उनीहरुमा शिक्षाको अभाव छ । चेतनाको अभाव छ । दुख गरेर आर्जेको धनसम्पत्ति जोगाएर राख्ने बानी छैन । आज कमाएकोजति आजै सक्ने बानी छ । सबैमा होइन, प्रायजसोको हकमा मादक पदार्थ सेवन गरेर कमाएको सम्पत्ति स्वाहा पार्ने खराब बानी छ ।
बालबिबाह गर्ने, बहुबिबाह गर्ने, बालबच्चालाई विद्यालय नपठाउने, स्वास्थ्यमा हेलचेक्र्याइँ गर्ने बानी पनि प्रचुर छ ।
कतिपयले तरकारी खेती गरेर जनजीवन परिवर्तन गरिरहेको उदाहरण पनि छ । कतिपय राम्ररी पढेर सरकारी जागीर वा गैरसरकारी, कम्पनीहरुको काम गरेको उदाहरण नभएको पनि पनि होइन ।
लापार्बाही पुर्वक बालबच्चाको स्याहार नगर्ने, पठनपाठनमा ध्यान नदिने गर्नाले यो पुस्ता त बिग्रियो नै, भावी पुस्तालाई समेत बिगार्ने काम भइरहेको छ । यस क्षेत्रमा काम गर्ने गरी सरकारी, तथा गैरसरकारी संस्थाले कार्यक्रम बनाउनु उपयुक्त देखिन्छ ।




