| शनिबार, बैशाख ८, २०८१

पानीको गुणस्तरको बारेमा आम उपभोक्तालाई विश्वस्त पारियोस्

पसाना सहरी आयोजनाको पानी गोरखा बजारका लागि अपर्याप्त भएपछि बिकल्पको रुपमा सञ्चालन गरिएको दरौंदी लिफ्टिङ खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा छ । केही महिना अघि पत्रकार सम्मेलन गरी समितिका अध्यक्षले यो दशैंसम्म आयोजनाको निर्माण कार्य पूरा हुने बताएका थिए । तर आयोजनाको काम अहिले निर्माण सम्पन्न भएन । आयोजना कार्यालयले विद्युत आपूर्ति हुन नसकेका कारण काम पूरा नभएको जनाएको छ । आयोजनाको पाइप लाइन तथा बिभिन्न ठाउँका स्थानीयबासिन्दाले विद्युतको ट्रान्समिशन लाइनको तार टाँग्न अबरोध गरेका कारण निर्धारित समयमा काम सम्पन्न नभएको उसको तर्क छ ।
त्यसका लागि जनप्रतिनिधि तथा सम्बन्धित निकायको पहलमा विवाद टरेको छ । अबको एक महिनाभित्र गोरखा बजारका बिभिन्न आयोजनाहरुमा दरौंदी लिफ्टिङ आयोजनाको पानी मिसाइन्छ । त्यसपछि सो आयोजनाको पानी छेलोखेलो हुने विश्वास लिइएको छ ।
परिमाणात्मक रुपमा पानी पर्याप्त भएपछि उपभोक्तहरु खुशी हुनेछन् तर गुणात्मक रुपमा पानी कस्तो हुनेछ ? असारे भेलका बेला त्यो पानी यहाँका स्रोतका पानीमा मिसाउन योग्य हुन्छ कि हुदैन ? अथवा सो पानीको मुहान क्षेत्र कति प्रदुषित हुनेछ वा स्वच्छ हुनेछ ? उपभोक्ताको सवाल यहाँ हुनेछ ।
दरौंदी आयोजनाले स्थानीय उपभोक्तालाई सो पानीको गुणस्तरको बारेमा वृहत कार्यक्रम गरी जानकारी दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्