| शनिबार, कार्तिक २, २०७६

बढ्दै पारिबारिक अस्वस्थता श्रीमतीसंग डिभोर्स माग्दै पुरुष

गत भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ९४ अनुसार पुरुषले अदालतमा सिधै सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्न पाउने ब्यबस्था लागु भएको छ । सो सुविधा पाएपछि डिभोर्स माग्ने पुरुषको संख्या बढेको छ ।
जिल्ला अदालतमा गत भदौ १ गतेदेखि हालसम्म दुई सय ८६ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकोमा एक सय ८२ वटा महिला र एक सय एक वटा पुरुषले दर्ता गराएका थिए । सम्बन्ध विच्ेछदका मुद्धामध्ये महिलाले दर्ता गरेका एक सय २२ मुद्धाको फैसला भैसकेको छ । पुरुषले दर्ता गरेकोमध्ये ३५ वटा फैसला भैसकेको श्रेस्तेदार अधिकारीले जानकारी दिए ।
अशिक्षित परिबारमा झै झगडा, मादक पदार्थ सेवन, गरिबी, दाइजो माग्ने, छोरा पाउन दबाब दिने तथा बिभिन्न निहुँमा श्रीमती माथि याताना दिने क्रम बढेपछि श्रीमतीले डिभोर्स माग्ने परम्परा पुरानै हो । तर अहिले डिभोर्स माग्ने पुरुषको संख्या पनि उत्तिकै छ । यसको मुख्य कारण हो, महिलाले परपुरुषसंग अनैतिक सम्बन्ध कायम गर्नु ।
प्राय अहिले श्रीमानहरु विदेश वा देशकै पनि बिभिन्न सहरहरुमा रोज गारीको क्रममा गएका छन् । सो मौका पारी श्रीमतीहरु पर पुरुषसंग निकट हुने, अनैतिक ब्यबहार गर्ने, श्रीमानले पठाएको सम्पत्ति समेत सिध्याउने वा लुकाइ छिपाइ गर्ने जस्ता ब्यबहार गर्ने गरेका छन् । जसको कारण पुरुषले डिभोर्स माग्न बाध्य भएका छन् ।
महिला अधिकारका लागि आवाज उठाउँदै आएका महिला अधिकार कर्मीहरुले अहिले कतिपय महिलाकै अनैतिक ब्यबहारका कारण आवाज उठाउन सक्ने नैतिक धरातल पाएका छैनन् ।
यसले समाजलाई दुषित बनाएको छ । तसर्थ महिला, पुरुष दुवै पक्ष सभ्य, संयमिति, स्वस्थ र शिष्ट जीवन बिताउने प्रयास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्