| शुक्रबार, अशोज ३, २०७६

टुक्रे योजना र वितरणमुखी कार्यक्रम नबनोस्

अहिले नेपालमा तीन किसिमको सरकार छ । राष्टिूय गोरवका योजनाहरु बनाउने संघ सरकार, जिल्लास्तरका योजना तथा कार्यक्रममा काम गर्ने प्रदेश सरकार र स्थानीय स्तरको आवश्यकता टार्ने गरी योजना बनाएर काम गर्न स्थानीय सरकार छ ।
तीन वटा सरकारले गरेको कामले देशमा सघन विकास हुन्छ भन्ने विश्वास गरिन्छ । यो शासन ब्यबस्थाकोे सबल पक्ष यही हो । तर यसका दुर्वल पक्ष पनि छन्, त्यो हो, टुक्रे योजना तथा कार्यक्रम गरेर पैसा सिध्याउने, वितरमुखी कार्यक्रम गरेर आफन्त पोस्ने ।
यी दुवै काम जनमुखी छैनन्, देश र जनताको हितमा छैनन् । त्यसैले यस्ता कार्यक्रमलाई निरुत्साहित गर्नुपर्छ ।
तर स्थानीय होओस् वा प्रदेश सरकार टुक्रे योजना गरेर कार्यकर्ता लालनपालन गर्न लालयित हुन्छन् । वितरणमुखी कार्यक्रम गरेर कार्यकर्ता पालनपोषण गर्न उद्दत हुन्छन् ।
यसको नकारात्मक प्रभावका बारेमा अधिकांशले बुझेका हुन्छन् । बुझेर पनि बुझ पचाएर लाभ लिइरहेका हुन्छन् । त्यसैले यसलाई रोक्न गाउँठाउँका पढेलेखेका शिक्षित, सभ्य वर्ग सचेत हुनुपर्छ । वितरणमुखी कार्यक्रम निरुत्साहित गर्नु उनीहरुको स्थानबाट पहल गर्नुपर्छ । त्यस्तै साना योजनाको कनिका छर्ने पं्रवृत्तिको अन्त्य गर्न सचेत बर्गहरुले पहल गर्नुपर्छ । जनचेतना जगाएर वा लबिङ गरेर अहिलेको समयमा साना योजना नबनाउन अभियान सञ्चालन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्