| शनिबार, बैशाख ८, २०८१

गोरखा दरबार निर्धारित समयमै बनोस्

गोरखा दरबार पुनर्निर्माण सम्पन्न गर्न अब जम्मा तीन महिना बाँकी छ । त्यसपछि म्याद थपिने नथपिने तपसीलका कुरा हुन् । तर अहिलेसम्म जम्मा मूल ढोका स्थापना गरिएको छ ।
विकसित देशहरुमा एक हप्ताभित्र धेरे ठूला संरचना निर्माण सम्पन्न हुन्छन्, तर बिडम्बना, हाम्रो देशमा दुई बर्षमा जम्मा मूल ढोका स्थापनाको काम हुन्छ ।
आठ महिना त पुरातत्व बिभागले पुनअध्ययनको काम गर्दा ढिला हुन पुगेको स्वीकार गर्छ । ठेक्का दिइसकेको काम, जग खनिसकेको काम पुनअध्ययनका लागि भन्दै आठ महिना ढिला गर्ने छुटचाहिँ पुरातत्व बिभागले कसरी पाउँछ ? आफैले जन्माएको सन्तानमाथि जे मन लाग्छ, त्यही गर्ने अधिकार आमा, बुबालाई हुन्छ र ?
आठ महिना ढिला गरेपछि पुरातत्व बिभागले जगमा सिमेण्ट प्रयोग गरेको छ । करीब पाँचसय बर्ष पुरानो गोरखा दरबारको पुनर्निर्माण हुँदा सिमेण्टको जग बनाइएको छ । जब कि सिमेण्टको आयु नै करिब एकसय बर्ष हो । त्यसैले पुरातात्विक संरचनामा सिमेण्ट प्रयोग गरिदैन, तर विशेष अधिकारको प्रयोग गरी गोरखा दरबारमा सिमेण्टको प्रयोग गरिएको छ । यो दुखद छ ।
जे होस्, अब दरबार पुनर्निर्माणले निरन्तरता पाओस् । सम्भावित थपिने छ महिनाको अवधिमा गोरखा दरबारको पुनर्निर्माण सम्पन्न होओस् । अनि गोरखा दरबारमा प्रसस्त पर्यटकहरु आउन् ।

प्रतिक्रिया दिनुहोस्