| सोमवार, कार्तिक २३, २०८३

विकास निर्माणको कामप्रति सर्वत्र चिन्ता र चासो

जिल्लाको विकास निर्माणको कामप्रति सर्वत्र चिन्ता र चासो बढ्न थालेको छ । यसै बिषयमा शुक्रबार सर्वपक्षीय बैठकमा छलफल भयो ।

चासो र चिन्ता ब्यक्त भयो ।गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पनि काम नगर्ने प्रवृत्तिप्रति आक्रोश ब्यक्त गरेका छन् । त्यस्ता कार्यालय प्रमुख, कर्मचारी वा ठेकेदारलाई कुनै हालतमा माफी नदिने उनको अठोट छ ।

गाउँको विकास निर्माण सम्बन्धी बजेट बिनियोजन हुन्छ अनि नागरिक खुशी हुन्छन् । कुनैको ठेक्का लाग्छ, कुनैको ठेक्का नै नलागी बजेट फिर्ता जान्छ । ठेक्का लागे पनि ठेकेदार नौ रङ्का हुन्छन् । कुनै ठेकेदार योजना सम्झौता गर्न आउँछन् ।

कुनै ठेकेदारले योजना सम्झौता नै नगरी खेरा फाल्दिन्छन् । ठेक्का सम्झौता गरेपछि कसैले काम गर्छन्, कसैले लल गरौंला भन्दाभन्दै बर्ष गुजार्दिन्छन् ।

बजेट गर्दैनन्, फिर्ता जान्छ । काम गरे पनि कसैले गुणस्तरीय नै काम गर्छन्, कसैले गुणस्तरहीन, एकदुई महिनामै भत्किने खालको काम गरेर बजेट स्वाहा पारिदिन्छन् । कर्मचारी पनि अनेक रङका हुन्छन् । कसैले प्रक्रियाअनुसार ठेक्का परेका ब्यबसायीलाई बोलकबोल नमिली साइट दिदैनन् ।

योजना खेरा जान्छ, तैपनि उनीहरु साइनिङ पिसी बिना साइट दिदैनन् । कुनै कर्मचारीले साइटै हेर्दैनन् अनि अन्तिममा साइनिङ पिसी नमिली बिल झरपाई फस्र्याैट गर्दिदैनन् ।यसरी डुब्ने गरेका योजनाप्रति सम्बन्धित निकाय चिन्तित छन् । जिल्लामा आएको योजना खेरा जानु हुदैन भन्ने सबैको मान्यता हो । खेरा फालेमा खेरा फाल्नेलाई कारबाही गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्