
शंकास्पद अखाद्य सामगी भेटिए यथासीघ्र अनुसन्धान गरौं
केही दिनअघि गोरखा बसपार्कको एउटा मिठाइ पसलको लड्डुमा धेरै चिल्लो पदार्थ, धेरै रङ हुनेगर्छ भनेर स्थानीय एक युवाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । सो लड्डु भाइरल भयो ।
त्यसको केही दिनमा फेरि नयाँबजारको एक पसलबाट बिक्री भएको सोनाशक्ति चामल पनि शंकास्पद भेटियो । सो चामलको भातलाई डल्लो पारेर भुइँमा पछार्दा प्लास्टिकको बल उफ्रिए झैं उफ्रियो । अनि चामल अखाद्य हुन सक्ने अनुमान गरियो । त्यसलाई पनि सामाजिक सञ्चालम राखियो । पत्रपत्रिका, रेडियोहरुमा समाचार प्रकाशन, प्रशारण भए ।
जिल्ला खाद्य सुरक्षा समिति तथा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकारहरुको अनुगमन टिमले त्यसलाई थप अनुसन्धानका लागि गुणस्तर बिभागमा पठायो । केहीदिनअघि मात्र यी दुवै खाद्यपदार्थ खान योग्य भनेर आएको छ ।
खयर प्रतिवेदन जस्तो ओओस्, यो सक्कली खानेकुरा नै होओस्, केही भएन तर कसैले बदमासी गरेको खाद्य सामग्रीहरु फेरि पनि भेटिन्छ । केहीसमय अघि मिनरलवाटरको पानीभित्र पेट्रोल भेटिएको हो । प्वाँख भेटेकै हो । त्यसैले यस्ता सामग्रीहरु भेटिनासाथ प्रहरी वा प्रशासन कार्यालयमा खबर गरेर यसको गुणस्तर अध्ययन गर्नु जरुरी छ । अनिमात्र उपभोक्ताले न्याय पाउँछन् ।




