| शनिबार, बैशाख ८, २०८१

गोरखा दरबार छिटो बनाऊ

चारसय बर्ष अघि निर्माण भएको गोरखा दरबार २०७२ सालको भूकम्पले जीर्ण भएपछि पुरातत्व विभागले पुर्निर्माणका लागि ठेक्का आव्हान ग¥यो, २०७४ सालको कात्तिकमा । ठेक्का पा¥यो, पचली भैरव शिवाको जेभी निर्माण कम्पनीले । २०७६ को मंसीर ३० गतेभित्र निर्माण सम्पन्न गर्ने भनेर ठेक्का सम्झौता गरेको सो कम्पनीले अब निर्धारित समय आउन जम्मा चार महिना बाँकी छ, तर काम भने जग मात्र पुरेको छ । बाँकी समयमा किमार्थ गोरखा दरबार निर्माण सम्पन्न हुदैन । काम ढिला हुनुको कमजोरी बारे पुरातत्व बिभागले आफ्नो पनि कमजोरी औंल्याएको छ । जगको भौगर्भिक अध्ययन नगरी ठेक्का आव्हान गरेकाले जगखन्ने क्रममा ठूला खाल्डाखुल्डी भेटिए । सो पुर्न लाग्दा आठ महिना बित्यो । आफ्नै कमजोरीका कारण ढिला भएकाले आठ महिना थप गर्ने बिभागले जनाएको छ ।
आठ महिना सकिएको पनि धेरै समय भइसक्यो, तर पुनर्निर्माणले अहिले पनि गति लिएको छैन ।
गोरखा भ्रमणका लागि देश तथा विदेशबाट धेरै पर्यटक आउँछन् । उनीहरुको प्रमुख गन्तव्य हुन्छ, गोरखा दरबार हुनेगर्छ किनभने पढाइको क्रममा गोरखा दरबारको प्रसंग महत्वका साथ उठ्ने गर्छ ।
तर गोरखा दरबार भत्किएको छ । लामो समयदेखि छेकथुन गरेर राखिएको छ । यहाँको छेकथुनका कारण गोरखकाली र गोरखनाथ मन्दिरमा पूजा गर्ने भक्तजनलाई पनि समस्या हुने गरेको छ । त्यसैले यथासक्य छिटो गोरखा दरबारको पुनर्निर्माण हुनुपर्छ । यसका लागि सम्बन्धित निकायले झक्झक्याइरहनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्