
घिमिरेको मृत्यू कि हत्या ? छानबिन चाँडो होओस्
सोमबार राती मनकामना बहिरा माध्यमिक विद्यालयबाट काम सकेर सुत्नका लागि घर जाने क्रममा श्यामहरि घिमिरेको मंगलबार बिहान जंगलमा शव भेटियो ।
सोमबार राती उनको मृत्यू भयो कि हत्या भयो ? रहस्यमय छ, अनुत्तरित छ ।
अनुमान, आँकलन बिभिन्न भइरहेका छन् । कतिपयले आफ्नो अनुमानलाई ठोकुवा गरिरहेका छन् । अहिले गोरखा बजारमा भइरहेको तात्तातो बहश यही हो ।
मृत्यू÷हत्याको बारेमा प्रहरीले पनि अनुसन्धान सुरु गरेको जनाएको छ । तर अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएर अध्ययन सुरु गरेको जनाएको छैन ।
त्यहाँका विद्यार्थीहरु ‘बोल्न नसक्नु’ पनि घटनाको अध्ययन अनुसन्धानका लागि जटिलताको कारण बनेको छ ।
यतिबेला सो विद्यालय प्रशासनको, उनका आफन्तको र छरछिमेकी सबैको एउटै माग छ, घटनाको चाँडो छानबीन होओस् । तिब्र रु पमा अध्ययन अनुसन्धान होओस् ।
नेपाल प्रहरी अपराध अनुसन्धानमा विश्वमा नै चर्चित छ । दक्षिण एशियामा त झन उत्कृष्ट नै छ । ढिलो वा छिटो अपराधको सत्यतथ्य पत्ता लागिहाल्छ तर छिटो होओस् भन्ने आम चाहना छ । यसप्रति प्रहरीको ध्यान जाओस् ।




