| बुधबार, भदौ ४, २०७६

चामलको कोटा नघटाऊ

नेपल खाद्य संस्थानले गोरखाको दुर्गमका लागि यसअघि निर्धारण गरेको चामलको कोटा घटाएको छ । फिलिम र माछाखोलामा भएको दुवै डिपोमा गरी यसअघि ४५ क्वीण्टल चामल वितरण हुदै आएको थियो । निर्धारित कोटाको चामल वितरण भइसकेपछि थप चामल पनि पठाउने गरेको थियो ।
तर यसबर्ष संस्थानले कोटा घटाएको छ । यो दुखद हो । किन घटाएको, कसको सिफारिसमा घटाएको खोजी हुनुपर्छ ।
माछाखोलाको कोटा घट्नु अन्यथा होइन तर चुमनुब्री गाउँपालिका जहाँ स्थानीय गाउँहरुमा खाद्यान्नको खेती हुदैन । खच्चडमा बोकेर उपलब्ध गराउँदा महंगो पर्नजान्छ । उनीहरुको समस्यालाई मध्यनजर गरी सरकारले खाद्य संस्थानमार्फत उनीहरुलाई ढुवानी अनुदानको चामल उपलब्ध गराउने गथ्र्यो । चुमनुब्री गाउँपालिकाका लागि यो धेरै न्यायोचित थियो । थोरै पैसा हुनेले पनि अनुदानको चामलको भात खान पाउँथे ।
उनीहरुको समस्याको बारेमा कुनै निकायले गलत ब्याख्या गरेको हुन सक्छ, उनीहरुलाई चामल चाहिँदैन भनेर । खच्चडले बोकेर स्थानीय बजारमा सुपथ मुल्यको चामल पु¥याएको छ भनेर कुनै निकायले सरकार समक्ष गलत जानकारी गराएको हुनुपर्छ त्यही सिफारिसको आधारमा सरकारले कोटा काटेको हुनुपर्छ । यो गलत भएको छ । उनीहरुका लागि सरकारले ढुवानी अनुदानको चामल साबिक बर्षको भन्दा बढि चामल पु¥याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्