
लार्के भन्सारको औचित्य के ?
चुमनुब्री गाउँपालिका ३ मा लार्के भन्सार कार्यालय छ । यहाँबाट छेकम्पारतर्फको ङुइला नाका पुग्न तीनदिन भन्दा धेरै लाग्छ । सामागाउँतर्फको रुइला नाका पुग्न चारदिन भन्दा धेरै लाग्छ ।
यति माथि नाका छ, यति तल भन्सार कार्यालय छ । भन्सारबाट आयातित सामानको राजस्व सुन्य संकलन हुन्छ । भर्खरै सकिएको आर्थिक बर्षमा वन लसुन निर्यात शुल्क ५७० रुपियाँ संकलन गरेको थियो । कार्यालय सञ्चालन खर्च करिब चारलाख ६० हजार हुन्छ भने सो कार्यालयबाट राजस्व जम्मा ५७० संकलन हुन्छ । यसरी हेर्दा सो भन्सार कार्यालयको औचित्य के हो भन्ने सवाल जन्मिन्छ । कुनै भन्सार कार्यालयमा भ्याननभ्याइ काम हुन्छ । कर्मचारी अभाव भएको पनि हुनसक्छ तर यहाँ कर्मचारीको ‘बिजिनेश’ छैन । आय छैन, ब्याय मात्र हुने हो भने त्यस्तो भन्सार कार्यालयको औचित्य के हो ? भन्ने प्रश्न जन्मन्छ ।सोही भन्सार हुदै केहीबर्ष अघि करिब चार अर्ब रुपैंया पर्ने चिरुको रौं अबैध आयात भयो । गतबर्ष र यसबर्ष गरी २६ किलो सुन बरामद भयो । बरामद नभई लुकीछिपी आयात भएका अबैध सामानको त अझ परको कुरा । त्यतिमात्र होइन, दुवै नाका सँधै खुल्ला हुन्छ । ती नाकाबाट स्थानीयबासीले दैनिक उपभोग्य सामान तथा निर्माणका सामान आयात गरिरहन्छन् । ती सामान आयात गरेबापत राजस्व तिर्न चाहेर पनि सीमानामा भन्सार कार्यालय नहुँदा उनीहरुले तिर्न पाएका छैनन् । यसरी हेर्दा ती नाकाहरुमा भन्सार अपरिहार्य छ ।




