| सोमवार, कार्तिक २३, २०८३

धान दिवस कार्यक्रमको मोडालिटी परिवर्तन होओस्

असार पन्द्र गते राष्टिूय धान दिवस भनेर सरकारले भव्यताका साथ मनाउन थालेको छ । केही बर्षदेखि सुरु भएको यो दिवसले सर्वसाधारणलाई सुख भन्दा दुख धेरै दिएको छ ।
सुकिला मुकिला लुगा लगाएका, सुटेडबुटेड भएर खेतमा ओर्लिएकाहरुले धान उत्पादनको बारेमा चिन्ता गर्ने किसानहरुलाई सहयोग गर्दैनन् । उनीहरुको अल्झनले गर्दा रोपाइको काममा बाधा अड्चन पु¥याउँछ । सहयोग गर्दैन ।
त्यसमाथि पनि यसबर्ष मोडलहरुले पनि धान दिवस मनाए । फाँटमा नाङ्गै मोडलिङ गरे । माना रोपेर मुरी उब्जाउने किसानहरुको फाँटमा गएर नग्न, अर्धनग्न तस्वीर खिचाए । यसले किसानलाई कुनै राहत, कुनै सहयोग पुग्दैन । बरु यस्तो गतिबिधिले किसानी पेशालाई धमिलो बनाउने काम गर्यो ।
कतिपय नेता, नेतृ, कथित सामाजिक अगुवाहरुले प्लास्टिकले खुट्टा ढाकेर खेतमा प्रवेश गरी काम गरेको अभिनय गरे । यसले पनि किसानलाई उत्साह, जोश जाँगर बढाएन । बरु उनीहरुको अह्रौटे, भरौटे, सुरक्षाकर्मी, फोटो ग्राफरको गतिविधिले कामलाई थप बोझिलो बनायो । कतै बोरिङको पानी लगाएर रोपाइँको नाटक मञ्चन भयो ।
कतै गमलामा रोपाइँ गरियो ।
बरु धान दिवसको अवसरमा किसानलाई मल, बिऊ, सिँचाइ आदि सहयोगका कार्यक्रम गरे किसानहरु उत्साहित हुनेथिए । प्रभावित हुने थिए । आउँदा बर्षहरुमा सरकारी निकाय वा एनजीओहरुले धान दिवस मनाउने मोडालिटीमा परिवर्तन ल्याउनु पर्छ ।
सेल्फी खिच्ने प्रयोजनका लागि नभै किसान सम्मान, किसानलाई अनुदान, पुरस्कार, राहत सामग्री वितरण गरेर धान दिवस मनाउनु वेस हुन्छ ।

प्रतिक्रिया दिनुहोस्