चट्याङबाट हुने क्षति कम गर्न सावधानी अपनाऔं
अहिले प्रि मनसुन सिजन छ । यो सिजनमा बादल लाग्ने, वर्षा हुने ,हावाहुरी चल्ने, चट्याङ पर्नेे भईरहन्छ । चट्याङले मानवीय मात्रै नभई भौतिक क्षति पनि उत्तिकै गर्छ । चट्याङबाट हुने मानवीय क्षति कम गर्न घर बाहिर र घर भित्र विशेष सावधानी अपनाउन सकिन्छ । घर बाहिर पौडिने, माछा मार्ने, ¥याफ्टिङ गर्ने गर्नु हुदैन । खुल्ला मैदान र भिडभाडमा बस्नुहुँदैन । घरभित्र हुँदा पनि तारसहितको टेलिफोन प्रयोग गर्नुहुँदैन । टिभी, कम्युटर, फ्रिज जस्ता विद्युतीय सामाग्रीहरु प्रयोग बन्द गर्नु हुँदैन । त्यस्ता सामाग्रीलाई प्लगबाट छुटाएर राखे चट्याङबाट हुने क्षति कम गर्न सकिन्छ ।
चट्याङ परेको समयमा धारामा नुहाउने, लुगा धुने, भाँडा माझ्ने काम पनि गर्नुहुदैन । घर बाहिर रहेको अवस्थामा चट्याङ परे सावधानी अपनाउनुपर्छ । जङ्गलमा हुँदा स–साना रुखका बीचमा बस्नुपर्छ । पक्की घर वा गाडी नजिक भए झ्याल ढोका बन्द गरेर घर वा गाडीभित्र बस्न सकिन्छ । नजिकै हाई भोल्टेजको तार भएमा तारको मुनी नभई दुई खम्बाको बीचमा ओत लागेर बस्नु उपयुक्त हुने विज्ञहरु बताउँछन् । केही गरी खुल्ला मैदानमा भएका बेला चट्याङ पर्न थाले दुई घुँडाको बीचमा टाउको लुकाएर टुक्रुक्क बसेमा ज्यान जोगाउन सकिन्छ । हामीले आफु बस्ने घरलाई चट्याङ प्रतिरोधि पनि बनाउनु जरुरी छ । आकाशबाट बग्दै जमिनतिर आउँदै गरेको करेन्टलाई कुनै धातुको माध्यामबाट सोझै जमिनमा गाड्दियौँ भने हामीले घरलाई सुरक्षित बनाउन सक्छौं। यसका लागी प्राविधिकहरुसँग सम्पक गरेर आफ्नो घरलाई सुरक्षीत बनाऔं र सुरक्षीत रुपमा बसौं ।




