| आइतवार, बैशाख १४, २०८२

गोरखाको पर्यटनको प्रवद्र्धनको काम गर

पर्यटन पथप्रदर्शक(गाइड)हरुका अनुसार गोरखाको मनास्लु क्षेत्र पर्यटकको उत्कृष्ठ तेस्रो रोजाइमा पर्छ । टूेकिङका लागि पहिलो रोजाइ खुम्बु, दोस्रो रोजाइ अन्नपूर्ण र तेस्रो रोजाइ मनास्लु पर्ने गरेको उनीहरु बताउँछन् । सो क्षेत्रलाई पर्यटकहरु ‘भर्जिन’ मान्छन् । अर्थात, मनास्लुमा पर्यटकको भिडभाड छैन ।
भिडभाडले यहाँको सुन्दरता मासेको छैन । भिडभाडले यहाँको सुन्दरतालाई प्रदुषित बनाउन पाएको छैन । मनास्लु निषेधित क्षेत्र पनि हो । नीति अनुसार यहाँ बर्षमा एक हजार पर्यटकका लागि मात्र प्रवेश गराइन्छ । यद्यपि सन् २०१७ मा छ हजार जनाले यसको भ्रमण गरे । निषेधित क्षेत्र बनाउँदा यहाँ जस्तो पाए त्यस्तै पर्यटक आउन पाउँदैनन् । ‘क्वालिटी टुरिष्ट’ले मात्र यस क्षेत्रमा प्रवेशषाज्ञा पाउँछन् । त्यसैले पनि यहाँको सुन्दरता बचिराखेको छ । यहाँ प्रवेशका लागि कडा नियम, प्राबधान पूरा गर्नुपर्छ । यति हुँदा हुँदै पनि यहाँ आउने ‘क्वालिटी टुरिष्ट’को संख्या दिनानुदिन बढिरहेको छ । विदेशी पर्यटकको रोजाईमा अहिले मनास्लु क्षेत्र पर्न थालेको छ । सन २०१८ को लागि विश्वकै उत्कृष्ट गन्तब्य मध्ये नेपाल परेको छ । अहिले मनास्लु पदमार्ग हुँदै नै नेपाली सेनाले सडक खनि रहेको छ । अब ढिलो नगरी बैकल्पीक पदमार्ग निर्माण गरिहाल्नु पर्छ । नत्र यहाँ आउने पर्यटकको संख्यामा कमि हुनेछ ।
पदमार्ग सुधार गर्नुपर्छ । होटल, टि हाउस, लगलाई थप ब्यबस्थित बनाउनु पर्छ संगै पर्यटन सम्बन्धी सकारात्मक सन्देश फैलाउनु पर्छ । गोरखाको माथिल्लो मनास्लु क्षेत्र र तल्लो मनास्लु क्षेत्र सँगै अन्य पर्यटकिय क्षेत्रहरु पुर्वाधारको कमी र प्रचारप्रसारको कामले पछाडी परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्