| सोमवार, कार्तिक २३, २०८३

दश लाखको अक्षयकोष स्थापना

बेझाड, १८ (रासस)ः रामपुर नगरपालिका–४ सदावर्तस्थित सीताराम माध्यमिक विद्यालयमा रु दश लाखको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा अध्यनरत गरीब, जेहेन्दार, विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोगका लागि ‘तानका साक्षीको विद्यार्थी सहयोग’ अक्षयकोष स्थापना गरिएको हो ।

यहाँ जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे), तानकालगायतका व्यक्तिको सहयोगमा सो अक्षयकोष स्थापना गरिएको छ । सो अक्षयकोषको वार्षिक ब्याज दर रकमबाट हाललाई कक्षा १० का छात्र अशोक खत्रीको शैक्षिक क्षेत्रमा खर्चिने विद्यालयका प्रधानाध्यापक विश्वनाथ भट्टराईले बताउनुभयो ।

“परिवारको आर्थिक अवस्था अत्यन्तै न्यून भएकाले दाताले पहिलो प्राथमिकता विद्यार्थी खत्रीलाई दिनुभएको छ, उनको स्नातकोत्तर तहसम्मको अध्ययन पूरा भएपछि अन्य विद्यार्थीको पठनपाठनमा खर्च गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो ।

दुई दशकदेखि पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका ओकेबाजेले शैक्षिक, स्वास्थ्य, सामाजिकलगायतका विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्